default_image

2 years ago

May 1, 2022

विल्वाओसँग एट्लेटिको म्याड्रिडको हार

155 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको शीर्ष चारको दौडमा रहेको एट्लेटिको म्याड्रिड पराजित भएको छ । एट्लेटिको घरेलु टोली एथलेटिको विल्वाओसँग २–० ले पराजित भएको हो ।

सान मेमेसमा शनिबार राति भएको खेलमा विल्वाओको जितमा इनाकी विलियम्सले गोल गर्दा एक गोल उपहार पाएको थियो । आठौं मिनेटमा मारियो हर्माेसोको आत्मघाती गोलबाट अग्रता लिएको विल्वाओले ५६औं मिनेटमा इनाकी विलियम्सको पेनाल्टी गोलबाट जित पक्का गर्यो ।

घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि एट्लेटिकोले विल्वाओको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो । यो हारसँगै एट्लेटिको म्याड्रिड ३४ खेलबाट ६१ अंक जोडेर चौथो स्थानमा रहँदा दोस्रो स्थानको सेभियासँग अंक बराबरी गर्नबाट चुकेको छ ।

दोेस्रो स्थानको सेभियाको ६४ तथा एक खेल कम खेलेको बार्सिलोनाको ६३ अंक छ । एट्लेटिकोलाई हराएको विल्वाओ ५१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

शनिबार राति नै स्पान्योलमाथि ४–० को फराकिलो जित निकाल्दै रियल म्याड्रिड यो सिजनको ला लिगाको च्याम्पियन बनेको छ । रियलले कीर्तिमानी ३५औं पटक ला लिगा जित्न सफल भएको हो । स्पान्योलविरुद्धको जितमा रोड्रिगोले दुई तथा मार्काे एसेन्सियो र करिम बेन्जेमाले समान एक गोल गरे ।

यो जितसँगै शीर्षस्थानमा रहेको रियलको ३४ खेलबाट १ अंक पुगेको छ । रियलले सेभियालाई १७ तथा बार्सिलोनालाई १८ अंकले पछि पारेको छ । पराजित स्पान्योल ३९ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा भ्यालेन्सिया र लेभान्टेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । १० खेलाडीमा समेटिएको भ्यालेन्सियाका ह्युगो डुरोले गोल गर्दा लेभान्टेका ओस्कार डुआर्टीले बराबरी गोल फर्काए ।

बराबरीपछि भ्यालेन्सिया ३४ खेलबाट ४३ अंक जोडेर १०औं स्थानमा रहँदा लेभान्टे २६ अंक जोडेर पुछारमा रहेको छ ।

June 27, 2024

युरोको नकआउट समीकरण पूरा

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२४ को नकआउट चरणको समीकरण पूरा भएको छ । समूह चरणको सम्पूर्ण खेल समाप्त भएसँगै युरोको राउन्ड अफ १६ मा खेल्ने टोलीको छिनोफानो भएको हो । सहभागी २४ टोलीमध्य ८ टोलीले अर्को चरणमा स्थान बनाउन सकेनन् । हंगेरी, स्कटल्यान्ड, क्रोएसिया, अल्बानिया, सर्बिया, पोल्यान्ड, युक्रेन र चेकिया समूह चरणबाट अघि बढ्न सकेनन् […]

June 27, 2024

पोर्चुगल जर्जियासँग पराजित

एजेन्सी – युरो २०२४ को समूह एफ को अन्तिम खेलमा पोर्चुगल जर्जियासँग पराजित भएको छ । जर्जियासँग २-० को हारका बाबजुद पोर्चुगल समूह विजेता भने बन्यो । जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा जर्जियाले दुवै हाफमा १-१ गोल गरेको थियो । पोर्चुगलले आफ्नो दोस्रो रोजाइको टोलीलाई अवसर दिएको थियो । प्रशिक्षक रोबर्टो मार्टिनेजले कप्तान क्रिस्टियानो रोनाल्डोलाई पहिलो […]

June 27, 2024

युरो कपको अन्तिम १६ मा बेल्जियम र फ्रान्स भिड्ने

एजेन्सी – युरो कप २०२४ को अन्तिम १६ मा बेल्जियमको प्रतिद्वन्दी फ्रान्स हुने भएको छ । समूह ई मा उपविजेता बनेपछि बेल्जियमले क्वाटरफाइनल प्रवेशका लागि फ्रान्स विरुद्ध खेल्ने भएको हो । समूह चरणको अन्तिम खेलमा बुधबार बेल्जियम युक्रेन विरुद्ध गोलरहित बराबरीमा रोकिएको हो । उता सोही समूहको अर्को खेलमा रोमानिया र स्लोभाकियाले पनि १-१ को […]

Success

Thank you for your time.