default_image

2 years ago

May 1, 2022

मेइन्जसँग शीर्षस्थानको बायर्नको हार

187 views

0 Bookmark

एजेन्सी – यस सिजनको जर्मन बुन्डेसलिगा जितिसकेको बायर्न म्युनिख जर्मनले हार बेहोरेको छ । बायर्न घरेलु टोली मेइन्जसँग ३–१ ले पराजित भएको हो ।

मेइन्जको जितमा जोनाथन, मोउसा नियाकाथे र लियान्द्रो बारेइरोले गोल गोल गरे । बायर्नका लेवान्डोस्कीले एक गोल फर्काए । ओपेल एरिना मेइन्जमा शनिबार राति भएको खेलमा घरेलु टोलीले खेलको १८औं मिनेटमा जोनाथनको गोलबाट अग्रता लिएको थियो । उनले डोमिनिकको पासमा गोल गर्न सफल भएका थिए ।

२७औं मिनेटमा मोउसा नियाकाथेले एन्टोन स्ट्याचको पासमा गोल गर्दै मेइन्जको अग्रता दोब्बर पारे । ३३औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई खेलमा फर्काउने संकेत दिए । तर, ५७औं मिनेटमा लियान्द्रो बारेइरोले गोल गर्दै बायर्नलाई हारको स्वाद चखाए ।

यो जितसँगै मेइन्ज ३२ खेलबाट ४२ अंक जोडेर नवौं स्थानमा रहेको छ । पराजित बायर्न ७५ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

September 27, 2024

एन्फा महिला लिग – आर्मीसँग कर्णालीको हार

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणको सुखद अन्त्य गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको पहिलो चरणको लिगको आफ्नो अन्तिम खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ५-० को सहज जित हासिल गर्यो । आर्मीको जितमा चन्द्रा भन्डारी, अमिषा कार्की, विमला चौधरी, दिपा राई र दिपा शाहीले गोल गरे […]

September 27, 2024

रश्मीको ४ गोलमा एपिएफको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – रश्मी कुमारी घिसिङको ४ गोलको मद्दतमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणमा सुखद अन्त्य गरेको छ । एपिएफ पहिलो चरणको लिगको शीर्ष स्थानमा रहेन क्रममा अपराजित रह्यो । खेलेको ९ मध्ये ८ खेलमा जित निकालेको एपीएफले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा खेलेको थियो […]

September 27, 2024

टोटनहमको सहज जित

एजेन्सी – इङ्ग्लिस क्लब टोटनहम ह्ट्सपरले युरोपा लिगमा आफ्नो पहिलो खेलमा अजरवैजानि क्लब काराबागलाई सहज रुपले पराजित गरेको छ । १० खेलाडीमा सिमित टोटनहमले कारबागलाई ३-० ले पराजित गरेको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जित दिलाउँन ब्रेनन जोन्सन, डोमिनिक सोलान्के र पेपे सरले गोल गरे । खेलको आठौं मिनेटमा टोटनहमका डिफेन्डर राडु […]

Success

Thank you for your time.