default_image

2 years ago

April 30, 2022

स्पान्योललाई हराउँदै रियल म्याड्रिड ला लिगा च्याम्पियन

106 views

0 Bookmark

एजेन्सी – स्पान्योलमाथि सानदार जित निकाल्दै रियल म्याड्रिड यो सिजनको स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । घरेलु मैदानमा स्पान्योललाई ४–० ले पराजित गरेपछि रियल चार खेल बाँकी छँदै च्याम्पियन बन्न सफल भएको हो ।

स्पान्योलविरुद्ध घरेलु टोलीको जितमा ब्राजिली युवा स्टार रोड्रिगोले दुई तथा मार्काे एसेन्सियो र करिम बेन्जेमाले समान एक गोल गरे । रियलले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भएको थियो ।

खेलको सुरुवातदेखि नै पाहुना टोलीलाई दवावमा राखेपनि रियलले गोलको लागि ३३औं मिनेट कुर्नुपरेको थियो । ३३औं मिनेटमा रोड्रिगोले कप्तान मार्सेलोको पासमा गोल गर्दै घरेलु टोलीलाई सुरुवात अग्रता दिलाए । ४३औं मिनेटमा रोड्रिगोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

५५औं मिनेटमा मार्काे एसेन्सियोले इडुआर्डाे कामाभिंगाको पासमा गोल गर्दै रियललाई सहज जिततर्फ अग्रसर गराए । ७२औं मिनेटमा इस्कोले गोल गरेपनि अफसाइड ठहरिदा गोलले मान्यता पाएन ।

त्यसपछि ८१औं मिनेटमा परिवर्तित फरवार्ड करिम बेन्जेमाले गोल गर्दै रियलको फराकिलो जित पक्का गरे । ६०औं मिनेटमा मारियानो डियाजको स्थानमा मैदान छिरेका बेन्जेमाले अर्का परिवर्तित खेलाडी भिनिसिय जुनियरको पासमा गोल गर्न सफल भएका थिए । भिनिसियस७५औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान छिरेका थिए ।

रियलको यो समग्रमा ३५औं ला लिगा उपाधि हो । रियल पछिल्लोपटक २०१९–२० को सिजनमा च्याम्पियन बनेको थियो । यो सिजन च्याम्पियन बन्ने क्रममा रियलले ३४ खेल खेल्दा २५ मा जित, ६ बराबरी र ३ हारको नतिजा निकाल्यो । रियलको च्याम्पियन यात्रामा यो सिजन करिम बेन्जेमा र भिनिसियस जुनियरको जोडी निकै जम्यो ।

यि दुईले यो सिजनको ला लिगामा एक आपसमा ४० गोल गर्दा २१ असिस्ट दिएका छन् । बेन्जेमा ३० खेलमा २६ गोल र १२ असिस्ट दिदा भिनिसियसले ३२ खेलका १४ गोल र ९ असिस्ट प्रदान गरेका छन् ।

यो जितसँगै शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ३४ खेलबाट १ अंक पुगेको छ । रियल दोस्रो स्थानमा रहेको सेभियालाई १७ अंकले तथा एक खेल कम खेलेको बार्सिलोनालाई १८ अंकले पछि पारेको छ । अब रियलले बाँकी चार खेलमा हार भोगेपनि च्याम्पियन बन्न कुनै बाधा हुनेछैन । पराजित स्पान्योल ३९ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

July 1, 2024

स्पेन फराकिलो जितसँगै क्वाटरफाइनलमा

एजेन्सी – जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि […]

July 1, 2024

स्लोभाकियामाथि पुनरागमन जित दर्ता गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी – उपाधि दावेदार इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको प्रिक्वाटरफाइनल खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इभान स्क्रान्जले २५औं मिनेटमा स्लोभाकियाका लागि सुरुवाती गोल गरेका थिए । डेविड स्ट्रेलेकको सुन्दर थ्रु-पासलाई नियन्त्रणमा लिँदै स्क्रान्जले प्रतियोगिताको […]

June 30, 2024

चितवन लिगमा एष्ट्रल र सौराहाको बराबरी

सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आइतबार एष्ट्रल युथ सोसाइटी र सौराहा युवा समाजले बराबरी खेलेका छन् । भरतपुर ७ कृष्णपुर मैदानमा भएको समूह ए को खेलमा १-१ को बराबरी गर्दै दुबै टिमले अंक बाँडेका हुन् । खेलमा एष्ट्रलका लागि जुनित घिसिङ र सौराहाका लागि सञ्जय चौधरीले गोल गरे […]

Success

Thank you for your time.