default_image

3 years ago

April 22, 2022

महिला भलिबल र फुटबलले पहिलो पटक एसियाड खेल्ने

391 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय महिला भलिबल टोली र महिला फुटबल टोलीले पहिलोपटक एसियाली खेलकुद (एसियाड) मा सहभागिता जनाउने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को शुक्रबार बसेको १ सय १२औं बोर्ड बैठकले आगामी भदौ २५ देखि असोज ९ गतेसम्म चीनको हाग्ंजोउ शहरमा आयोजना हुने १९औं एसियाडमा महिला भलिबल टोली र महिला फुटबलसहित २३ खेल सहभागी गराउने निर्णय गरेको छ ।

यसअघि पुरुष भलिबल टोली र फुटबल टोलीले एसियाडमा भाग लिइसकेका छन् । यसपटकको फुटबल र भलिबलका पुरुष टोलीले एसियाड खेल्ने छैनन् । महिला राष्ट्रिय भलिबल टोलीले गत पुसमा बंगलादेशमा भएको सेन्ट्रल जोन च्यालेन्ज कपको उपाधि जितेर फर्कदा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ले महिला टोलीलाई एसियन गेम्समा सहभागिता गराउने वचन दिएका थिए ।

महिला भलिबलका लागि यो नै अब सबैभन्दा ठुलो प्रतियोगिता हुनेछ । महिला भलिबल टोलीले पाँचपटक दक्षिण एसियाली खेलकुद (साग) खेल्दा एकमा रजत र चारपटक कास्यपदक जितेको छ । दुईपटक सेन्ट्रल जोन खेल्दा दुवैपटक अपराजित रहेर च्याम्पियन बनेको थियो ।
नेपालले सन् २०१७ माल्दिभ्समा भएको वुमन्स वल्ड एसियन सेन्ट्रल जोन क्वालिफायर पनि खेलेको छ । यस्तै विभिन्न आधिकारिक र मैत्रीपूर्ण खेल पनि खेलेको छ ।

पुरुष भलिबल टोलीले ३२ वर्षपछि सन् २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्समा प्रतिस्पर्धा गर्दा १५औं स्थान हासिल गरेको थियो । त्यतिबेला पुरुष भलिबलमा २० राष्ट्रको सहभागिता रहेको थियो । १८औं एसियन गेम्सका पुरुष फुटबल टोलीको प्रदर्शन फितलो नै रहेको थियो ।

१९ औं एसियाडमा नेपालले भाग लिने खेल

तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साईक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलेन, उसु, आर्चरी, बास्केटबल, कबड्डि, फेन्सीङ, ह्याण्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टनमा सहभागीता जनाउने निर्णय गरेको हो ।

March 3, 2025

सुनगाभा सैनामैना गोल्ड कप सुरु हुँदै

सुमन अधिकारी, बुटवल रुपन्देहीको सैनामैना–४ मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्ड कप आज सुरु हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लबबिच प्रतिस्पर्धा हुनेछ। सैनामैना मैना रंगशालामा हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० टोलीको सहभागिता रहेको छ । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल […]

March 3, 2025

मछिन्द्र र आर्मीले आज केपी ओली कपको फाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी […]

March 3, 2025

बार्सिलोना पुनः ला लिगाको शीर्ष स्थानमा

एजेन्सी – बार्सिलोनाले पुनः स्पेनिस ला लिगाको‌ शीर्ष स्थानमा उक्लिएको छ। १० खेलाडीमा सीमित रियल सोसिडाडलाई आइतवार ४- ० ले हराएसँगै एट्लेटिको म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुगेको हो । २६ खेलमा बार्सिलोनाको ५७ अंक, एट्लेटिको ५६ र तेस्रो स्थानको रियल म्याड्रिड ५४ अंक छ । सोसिडाड ३४ अंकका साथ नवौं स्थानमा छ । बार्सिलोनाका लागि जेरार्ड […]

Success

Thank you for your time.