default_image

8 years ago

December 8, 2016

मड्रीड र डर्टमुन्डको बराबरी, युभेन्टसको जित

104 views

0 Bookmark

एजेन्सी- हिजो भएको च्याम्पियन्स लिग अन्तर्गतको खेलहरुमा युभेन्टस, बायर्न लेभरकुसन, स्पर्स, पोर्टो, लेगिया र एफसी कोभेनहेगनले जित आत्मसात गरे । ठुला टोली रियल मड्रीड र डर्टमुन्ड्ले भने बराबरी खेलेका थिए ।

benzema

हिजो भएको समुह ‘इ’को खेलमा लेभरकुसनले मोनाकोलाई ३-०ले पराजित गर्‍यो । घरेलु मैदानमा जर्मन टोलिका लागि ब्रान्ड्ट र युर्चेन्कोले गोल गरेका थिए, खेलको ८२औ मिनटमा मोनाकोका डि सान्टोले आत्मघाती गोल गरे । यसै समुहको अर्को खेलमा ईंग्लिश टोली टोटन्ह्याम हट्स्पर्साले मस्कोलाई ३-१ले हरायो, स्पर्सका लागि डेले अलि र ह्यारी केनले १-१ र मस्कोका किपर अफिन्किबले आत्मघाती गोल गरेका थिए । यस समुहमा मोनाको बिजेता र लेभरकुसन उपबिजेता भयो ।

समुह ‘एफ’को खेलमा मड्रीड र डर्टमुन्डले बराबरी खेले, २-२ भएको खेलमा मड्रीडका लागि बेन्जेमाले दुई गोल गरे भने डर्टमन्ड्का लागि औबामियाङ र मार्को रेउसले एक एक गोल गरे । यसै समुहको अर्को खेलमा लेगिया वार्साले स्पोर्टिङ्लाई १-०ले पराजित गर्‍यो घरेलु टोलिका लागि गुल्हेर्मेले गोल गरे । यस समुहमा डर्टमन्ड बिजेता र रियल उपबिजेता भयो ।

समुह ‘जि’को खेलमा एफसी कोभेनहेगनले घरेलु टोली क्लब ब्रुजलाई २-०ले पराजित गर्‍यो । डेन्मार्कको टोलिका लागि योर्गेन्सेनले एक गोल गरे भने अर्को गोल ब्रुजकै मिकेलेले आत्मघाती गोल गरे । यसै समुहको अर्को खेलमा पोर्टोले लेस्टरलाई ५-०ले पराजित गर्‍यो । यो लेस्टरको पहिलो हार हो । पोर्टोका लागि सिल्भाले दुई, कोरोनो, ब्राहिमी र जोटाले एक एक गोल गरेका थिए । यस समुहमा लेस्टर बिजेता र पोर्टो उपबिजेता भयो ।

समुह ‘एच’ को खेलमा युभेन्टसले डाईनामो जारेबलाई २-०ले पराजित गर्दा हेगुयन र रुगानिले एक एक गोल गरे । यसै समुहको अर्को खेलमा लियोन र सेभियाले गोल रहित बराबरी खेलेका थिए । यस समुहमा युभेन्टस बिजेता र सेभिया उपबिजेता भयो ।

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

March 25, 2025

नेपाल मलेसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]

March 25, 2025

मच्छिन्द्र तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]

Success

Thank you for your time.