3 years ago
April 21, 2022
सुनिल गाँउले, बारा
जिल्ला फुटबल संघ बाराको अध्यक्षमा रामचन्द्र लामा चयन भएका छन् । एन्फा बाराको बिहीबार सम्पन्न छैठौ साधारसभाले लामालाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो ।
अघिल्लो कार्यकाल एन्फा बाराको उपाध्यक्षको रुपमा रहेका अध्यक्ष लामा जितपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको आयोजक नवजनजागृति युवा क्लव सिमरा बाराका अध्यक्ष समेत हुन् ।
नवगठित कार्यसमितिको उपाध्यक्षहरुमा राजकिशोर धामी, घनश्याम चौधरी र खुशी चौधरी चयन भएका छन् । यस्तै महासचिवमा उदय श्रेष्ठ चयन भएका छन् । सचिवमा विनोद प्रसाद साह र कोषाध्यक्षमा विनोद गुप्ता तथा सदस्यमा सन्तबहादुर वाइवा, शम्भुसिह ठकुरी, दुर्गाबहादुर थापा, महम्मद समिउल्लाह, कृष्णमणि चौधरी, मनोज कुमार जयसवाल, निरज कुवर र सोममाया रुम्बा निर्वाचित भए ।
शनिबार उद्घाटन भएको साधारणसभा महाधिवेशन प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएपछि स्थगित भएको थियो । बिहिबार सम्पन्न साधारणसभाले नवगठित कार्यसमितिका अध्यक्ष रामचन्द्र लामा र पुर्व अध्यक्ष मोहम्मद समिउल्लाहलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा समेत चयन गरेको छ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]