8 years ago
December 7, 2016
म्याड्रिड (एजेन्सी) – युइएफा च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज रियल म्याड्रिड र बोरुसिया डर्टमण्ड शिर्षस्थानको लागि भिड्दैछन्।
पाँच खेलमा चार जित र एक बराबरीसहित डर्टमण्ड तालिकाको शिर्ष स्थानमा १३ अंक बोकेर बसेको छ भने म्याड्रिड ३ जित र दुइ बराबरीसहित ११ अंकमा दोश्रो स्थानमा रहेको छ। डर्टमण्डलाई आज बराबरी गरे पुग्नेछ भने म्याड्रिडको लागि जित अत्यावश्यक छ।
आज शिर्षस्थानमा पर्ने टोलीलाई अर्को चरणमा केहि हदसम्म सजिलो प्रतिद्वन्दी पर्ने सम्भावना बढी हुनेछ। आजको खेलमा रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो र डर्टमण्डका पिएर एमेरिक औबामेयाङमा सबैको नजर हुनेछ। रोनाल्डो च्याम्पियन्स लिगमा आफ्नो गोल बढाउने तरखरमा हुनेछन् भने औबा आफ्नो सपनाको क्लब विरुद्ध आफ्नो नाम चर्चित पर्ने धुनमा हुनेछन।
खेल नेपाली समयानुसार रातको १२;३०बजे हुनेछ।
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]