3 years ago
April 16, 2022
चितवन (हाम्रो खेलकुद) – नेपाल फुटबल प्रशिक्षक संघको अध्यक्षमा मनाङ मर्स्याङ्दी क्लबका पुर्व खेलाडी तथा प्रशिक्षक राजेन्द्र तामाङ निर्विरोध निर्वाचित भएका छन ।
चितवनको सौराहामा शनिबार भएको अधिवेशनबाट अध्यक्षमा तामाङसहित सबै १५ जनाको कार्यसमिति नै निर्विरोध निर्वाचित भएका हुन् । तीन उपाध्यक्षमा यम प्रसाद गुरुङ, सुरेन्द्र बहादुर तामाङ र समिर नेम्कुल (नेकु) निर्विरोध भए ।
सदस्यमा अर्जुन चौधरी, मनजित पुन, सनोज श्रेष्ठ, विनम श्रेष्ठ, रामचन्द्र थापा, विजय श्रेष्ठ, धनेश्वर प्रजापति, सरोज श्रेष्ठ, विनोद महर्जन र अनिल तामाङ तथा महिला सदस्यमा भगवती रानामगर निर्विरोध भइन् ।
कार्यसमितिको पदावधि ४ वर्षको हुनेछ । निर्वाच समितिले संघको विधान तथा निर्देशिका बमोजिम आवश्यक पदमा आवश्यक मात्रामै उमेदवारी परेको र त्यसमा कुनै दावी विरोध नआएपछि सबै १५ जना निर्विरोध निर्वाचित भएको जनाएको छ ।
६ असारमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि प्रशिक्षक संघबाट एक मतभार रहेको छ । मत भार लिने प्रतिनिधि छनोट हुन बाँकी रहेको छ ।
एन्फाको केन्द्रिय निर्वाचनका लागि यतिबेला मताधिकार प्रतिनिधि चयनको काम धमाधम भइरहेको छ । जसमा शुक्रबार ‘बी’ डिभिजनबाट ११ र ‘सी’ डिभिजनबाट ९ क्लबले मताधिकार लिइसकेका छन् ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]