default_image

3 years ago

April 15, 2022

एन्फा निर्वाचन – ‘बी’ डिभिजनले पनि प्रतिनिधि छान्यो

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को दुई महिनापछि हुने निर्वाचनका लागि ‘बी’ डिभिजनबाट प्रतिनिधि छनोट भएका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा शुक्रबार भएको निर्वाचनमार्फत ११ क्लबले आसन्न निर्वाचनका लागि मताधिकार प्राप्त गरेका हुन् ।

प्रतिनिधि छनोटमा बी डिभिजनका १४ क्लब सहभागी थिए । चर्च ब्वाइज युनाइटेड, खुमलटार युथ क्लब, रानी पोखरी कर्नर टिम (आरसिटी), सरस्वती युथ क्लब, श्री भगवती, मध्यपुर युथ क्लब, टुसाल युथ, नयाँबस्ती, बाँसबारी, श्री कुमारी र ब्वाईज युनियनले मताधिकार पाउँदा रेलिगेसनमा परेको सामाजिक युथ र झम्सिखेलसँगै वीरगञ्ज युनाइटेडले मताधिकार प्राप्त गर्न सकेनन् ।

निर्वाचनमा खुमलटारले सर्वाधिक १४ मत प्राप्त गर्यो । श्री भगवतीले १३, आरसीटी, मध्यपुर, टुसाल, नयाँ बस्ती, सरस्वती, श्रीकुमारी र ब्वाइज युनियनले समान १० मत प्राप्त गरे । यस्तै बाँसबारीले ७, चर्च ब्वाइले ६ मत प्राप्त गर्दा सामाजिकले ४, झम्सिखेलले ५ र विरगञ्जले २ मत प्राप्त पाए ।

शुक्रबारै ‘सी’ डिभिजनको प्रतिनिधि छनोटबाट ९ क्लबले मताधिकार लिएका छन् । मनोहरा एकिकृत युवा क्लबले सर्वाधिक १४ मत प्राप्त गरेको थियो । वीरगन्ज युथ क्लब, प्लानिङ व्वाइज युनाइटेड, महावीर स्टडिज एन्ड एसोसिएसन, आर.सी ३२ फुटबल एकेडेमीले समान ९ मत प्राप्त गरेका थिए । खालीबारी युवा क्लब, पुल्चोक स्पोर्टस् क्लब र स्वयम्भु क्लबले समान ८ मत प्राप्त गरे ।

गोलाप्रथामा सामाजिक कल्याण खेलकुद केन्द्रले पनि मताधिकार प्राप्त गरेको छ । समाजिक र झापा फुटबल क्लबले समान ७ मत प्राप्त गरेपछि गोलाप्रथा भएको थियो । पराजित स्पोर्टस एकेडेमी साँगा, सानोपा क्लब, रानीवन स्पोर्टस क्लबले समान ६ र ओसिस क्लबले ५ मत प्राप्त गरे । एन्फाको निर्वाचन असार ६ गतेका लागि तय भएको छ ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.