3 years ago
April 15, 2022
काठमाडौं (हाम्रो खेलकुद)– दुई महिनापछि हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि सी डिभिजन क्लबले प्रतिनिधि चयन गरेका छन् । १४ सी डिभिजन क्लबबाट ९ क्लबले मदाधिकार पाउने व्यवस्था छ ।
प्रतिनिधि छनोटका शुक्रबार निर्वाचन भएको थियो । जसमा मनोहरा एकिकृत युवा क्लबले सर्वाधिक १४ मत प्राप्त गरेको थियो । वीरगन्ज युथ क्लब, प्लानिङ व्वाइज युनाइटेड, महावीर स्टडिज एन्ड एसोसिएसन, आर.सी ३२ फुटबल एकेडेमीले समान ९ मत प्राप्त गरेका थिए । खालीबारी युवा क्लब, पुल्चोक स्पोर्टस् क्लब र स्वयम्भु क्लबले समान ८ मत प्राप्त गरे ।
गोलाप्रथामा सामाजिक कल्याण खेलकुद केन्द्रले पनि मताधिकार प्राप्त गरेको छ । समाजिक र झापा फुटबल क्लबले समान ७ मत प्राप्त गरेपछि गोलाप्रथा भएको थियो । पराजित स्पोर्टस एकेडेमी साँगा, सानोपा क्लब, रानीवन स्पोर्टस क्लबले समान ६ र ओसिस क्लबले ५ मत प्राप्त गरे ।
एन्फा केन्द्रिय समितिमै भएका व्यक्ति सी डिभिजन क्लबको प्रतिनिधिका रुपमा सीको भेलामा उपस्थित भएपछि यसअघिका लागि तय भएको निर्वाचन स्थगित भएको थियो । एन्फाको निर्वाचन असार ६ गतेका लागि तय भएको छ ।
March 12, 2025
एजेन्सी – लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ। पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले पहिलो लेगको पराजय उल्टाउँदै एनफिल्डमा पेनाल्टीमा ४-१ को जित हासिल गर्यो। यो जितले पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ। लिभरपुलका प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा पहिलो ठूलो धक्का बेहोरेको छ। डार्विन नुनेज र कर्टिस जोन्सका प्रहार पिएसजीका गोलकिपर जियानलुइजी डोन्नारुम्माले रोके । जबकी पिएसजीले […]
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]