default_image

8 years ago

December 7, 2016

कनकाई शरणामती गोल्डकपको सेमिफाइनलमा

118 views

0 Bookmark

झापा (हाम्रो खेलकुद) – कनकाई खेलकुद प्रतिष्ठान (कासा ११) अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शरणामती गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । भारत सिलगुढीको कञ्चनजङ्घा फुटबल क्लबलाई २–० ले हराउँदै कासा अन्तिम चारमा पुगेको हो । सरोज कार्की र दीनेश राईको गोलमा कासा विजयी भएको थियो ।

sm
पहिलो गोल सरोजले २९ औं मिनेटमा गरे । दोस्रो गोल दीनेशले इन्जुरी समयमा गरेका थिए । विजयी टोलीका रोजिन माझी खेलको म्यान अफ दी म्याच घोषित भएको थिए । शरणामती फ्रेन्ड्स क्लबको आयोजना हुन प्रतियोगिताको विजेता टोलीले उपाधि सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ पाउनेछ । जनता उच्च माविको खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो हुने टोलीले ६१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।

sm-trophy

प्रतियोगिताको म्यान अफ दी सिरिजले १० हजार रुपैयाँ पाउनेछन् भने हरेक खेलको म्यान अफ दी म्याचले २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड र उच्च गोलकर्ताले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

sm1

शरणामती गोल्डकपमा बिहीबार
चर्च ब्वाइज काठमाडौंविरुद्ध एपिएफ

March 26, 2025

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिना विश्वकपका लागि छनोट

एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

March 25, 2025

नेपाल मलेसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]

Success

Thank you for your time.