3 years ago
April 14, 2022
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यसहित खेलाडी, खेलकर्मी विभूषित भएका छ । गत वर्ष असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा आयोजित कार्यक्रममा प्रदान गरेकी थिइन् ।
आयशासँगै कोरियाली तेक्वान्दो प्रशिक्षक क्वन योङ दाल, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, पारा क्रिकेट र बास्केबल खेलाडी हिमालय आर्याल र शेरबहादुर खड्का स्मृति प्रतिष्ठानलाई जनसेवा श्री पन्चम विभूषण प्रदान गरिएको थियो । राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ, राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई प्रबल जनसेवा श्री प्रदान गरिएको थियो ।
राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा राष्ट्रको हितमा विभिन्न क्षेत्रबाट योगदान दिएका व्यक्तित्वलाई विभूषित गर्ने प्रचलन रहेको छ । यसपटक ९ सय ३ जना विभूषित हुँदा झन्डै डेढ दर्जन खेलकर्मीको नाम पनि सुचिमा रहेका थिए । तेक्वान्दोकै लक्ष्मण बहादुर ऐर नेपाल प्रताप आभूषण प्राप्त गरेका थिए ।
तथा प्रबल जनसेवाश्री १३ औं सागकी स्वर्ण पदक विजेतक करातेकी अनु लामा, तेक्वान्दो खेलाडी संगिता बस्याल, कराते खेलाडी लक्ष्मण तामाङ, तेक्वान्दो प्रशिक्षक नर्वु लामा, व्याडमिन्टनका अन्तर्राष्ट्रि अम्पायर दीपक थापा र खेल सामाग्री कम्पनी केल्मीका नेपालको आधिकारिक विक्रेता केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यापानेलेर्ला सुकीर्ति पदक दिने घोषणा भएको थियो ।
प्रबल जनसेवाश्री
किरण चेम्जोङ – फुटबल खेलाडी
ज्ञानेन्द्र मल्ल – क्रिकेट खेलाडी
जनसेवाश्री
आयशा शाक्य – तेक्वान्दो खेलाडी
क्वन योङ दाल – तेक्वान्दो प्रशिक्षक
चतुरबहादुर चन्द – अध्यक्ष – नेपाल क्रिकेट संघ
हिमाल अर्याल – पारा क्रिकेट र बास्केटबल खेलाडी
शव थापा – पारा टेबल टेनिस खेलाडी
शेरवहादुर खड्का स्मृति प्रतिष्ठान – राष्ट्रिय खेल महिला भलिबलको विकास र विस्तारमा पुर्याएको योगदान
नेपाल प्रताप आभूषण
लक्ष्मण बहादुर ऐर – तेक्वान्दो खेलाडी तथा प्रशिक्षक
सुकीर्ति पदक
अनु अधिकारी – कराते खेलाडी
दीपक थापा – ब्याडमिन्टन पुर्व खेलाडी तथा अम्पायर
नर्वु लामा – तेक्वान्दो प्रशिक्षक
उत्तम न्यौपाने – खेल सामग्री केल्मीका प्रबन्ध निर्देशक
जुनि राई – उसु खेलाडी
संगीता बस्याल – तेक्वान्दो खेलाडी
लक्ष्मण तामाङ – कराते
February 8, 2025
हिमाल खरेल,बिर्तामोड सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो । एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दैै ह्याट्रिक पूरा […]
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]
February 8, 2025
हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]