3 years ago
April 13, 2022
चितवन (हाम्रो खेलकुद) – उपाधि दावेदार नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगको पहिलो राउन्डमा शतप्रतिशत जित निकालेको छ । बुधबार पहिलो चरणको आफ्नो अन्तिम खेलमा एपिएफले विराटनगर महानगरपालिका मोरङलाई २–१ ले पराजित गर्दै पहिलो चरणको सबै सात खेलमा शतप्रतिशत जित निकालेको हो ।
एपिएफको जितमा सावित्रा भण्डारी ‘साम्वा’ र सरु लिम्बुले गोल गरिन् । विराटनगरकी इमा राईले एक गोल फर्काएन् । चितवन भरतपुरस्थित शारदा उच्च माविको खेल मैदानमा भएको खेलको ६५औं मिनेटमा साबित्राको गोलबाट एपिएफले सुरुवाती अग्रता लिन सफल भयो ।
७६औं मिनेटमा सरु लिम्बुले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारिन् । ७९औं मिनेटमा इमा राईले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा एपिएफ विजयी हुन सफल भयो ।
यो जितसँगै शीर्षस्थानमा रहेको एपिएफले ७ खेलबाट २१ अंक जोडेको छ । पराजित विराटनगर १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
बुधबारै ललितपुर महानगरपालिका ललितपुर र वालिङ नगरपालिका स्याङ्जाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । वालिङका लागि हिमा रावतले १४औं मिनेटमा गोल गर्दा ६२औं मिनेटमा सन्जी थिङको आत्मघाती गोलले वालिङ अंक बाड्न बाध्य बन्यो ।
पहिलो चरणको खेल सहिदा पुलिस १५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान १५ अंक नै रहेपनि आर्मी हेड टु हेडमा पछि छ । १२ अंक जोडेको धनगढी उपमहानगरपालिका चौंथो स्थानमा रहेको छ । समान ४ अंक रहेपनि गोलअन्तरमा ललितपुर छैटौ र चन्द्रपुर नगरपालिका रौतहट सातौ स्थानमा रहेको छ । पहिलो राउन्डको अन्तिम खेलमा १ अंक जोडेको वालिङ पुछारमा रहेको छ ।
दोस्रो चरणको खेलहरु चितवनमै हुने खेल तालिका छिट्टै सार्वजनिक गरिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । यसअघि एन्फाले दोस्रो राउन्डको खेल विराटनगरमा गराउने तयारी गरेको थियो ।
February 5, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]