default_image

2 years ago

April 13, 2022

अर्जेन्टिनाको फुटबल टोलीलाई नेपाल भ्रमणको निम्तो

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र नेपालकालागि अर्जेन्टिनाका राजदुत डा. ह्युगो जाभियर गोवी बिच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री गहतराजले अर्जेन्टिनी फुटबल टोलीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् ।

राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदुत गोवीले मंगलबार सिंहदरबार स्थिति युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री अथकसँग भेटवार्ता भएको हो । भेटका क्रममा मन्त्री अथक र राजदुत गोवीबिच दुई देशबिचको पारस्परीक सम्बन्ध तथा खेल क्षेत्रको समग्र विकासका बारेमा छलफल भएको थियो ।

भेटकै क्रममा मन्त्री अथकद्वारा नेपाल र अर्जेन्टिनाविच मैत्रीपूर्ण फुटबल खेलका लागि राखिएको प्रस्तावमाथी राजदुत गोवीले सहमती जनाएको सचिवालयले जानकारी दिएको छ । दुई देश बीच हुने मैत्रीपुर्ण खेलबाट दुई देशको सम्बन्ध अझै प्रगाढ हुने आशा व्यक्त गर्दै मन्त्री अथकले राजदुत गोवी मार्फत अर्जेन्टिनाका फुटबल खेलाडीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

July 6, 2024

क्यानडा कोपा अमेरिकाको सेमिफाइनलमा

एजेन्सी – भेनेजुएलालाई सडन डेथमा पराजित गर्दै क्यानडाले कोपा अमेरिका २०२४ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा ३-३ मा सकिएपछि क्यानडाले सडन डेथमा जित हासिल गरेको हो । अब क्यानडाले सेमिफाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ । अमेरिकाको डालासस्थित एटि एन्ड टि रंगशालामा क्यानडाले १३ औं मिनेटमा […]

July 6, 2024

पोर्चुगललाई टाइब्रेकरमा हराउँदै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्सले युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिँदा खेल टाइब्रेकरमा अघि बढेको थियो । टाइब्रेकरमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५-३ ले विजयी भयो । अन्य सबैले टाइब्रेकरमा गोल गरे । […]

July 6, 2024

जर्मनीलाई हराउँदै स्पेन युरोको सेमिफाइनलमा

एजेन्सी – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले […]

Success

Thank you for your time.