default_image

8 years ago

December 7, 2016

च्याम्पियन्स लिगमा बार्सिलोना, आर्सनल र बायर्न म्युनिखको जित

106 views

0 Bookmark

एजेन्सी- च्याम्पियन्स लिगको समुह चरणको अन्तिम खेलहरुमा बार्सिलोना, आर्सनल र बायर्न म्युनिखले जित हात परेका छन भने पिएसजी र म्यान्चेस्टर सिटीले बराबरी खेलेका छन । 

lewandowski-celebrating

गए राती भएको समुह ‘ए’को  खेलमा आर्सनलले बसेलको मैदानमै बासेल बिरुद्ध ४-१को नजिता निकाल्यो । यस नतिजाले आर्सनलले हिजै लुडोगोरेट्ससँग २-२ले रोकिएको पिएसजिलाई पछी पर्दै समुहमा पहिलो हुँदै अर्को चरणमा प्रवेश गर्‍यो । आर्सनलका लागि लुकास पेरेजले ह्याट्रीक र इवोबिले एक गोल गरेका थिए । यसै समुहको अर्को खेलमा बराबरीमा रोकिएको पिएसजिको लागि काभानी र डि मारियाले एक एक गोल गरेका थिए । पिएसजिपनी समुहको उपबिजेता बन्दै अर्को चरणमा प्रवेश गर्‍यो ।

हिजोको समुह ‘बि’को खेलहरुमा नेपोलीले घरेलु टोली बेन्फिकालाई २-१ले पराजित गर्‍यो । बिजेता टोलिका लागि मर्टिन्स र कोलेहानले गोल गरे भने घरेलु टोलिका लागि जेमिनेजले गोल गरेका थिए । त्यस्तै यसै समुहको अर्को खेलमा डाईनामो किभले टर्किस टोली बेसिक्टासबिरुद्ध ६-०को फराकिलो जित निकाल्यो । यस समुहबाट नेपोली बिजेता र बेन्फिका उपबिजेता हुँदै अर्को चरणमा प्रवेश गरे ।

समुह ‘सि’को खेलमा बार्सिलोनाले ग्लाड्ब्याचबिरुद्ध ४-०को जित हात पार्यो । बार्सिलोनाले मेस्सिको गोलमा १६ मिनेटमा अग्रता लिएको थियो भने टुरानले तीन गोल नै दोस्रो हाल्फमा गर्दै आफ्नो ह्याट्रीक पुरा गरेका हुने ।  बार्सिलोनाले मेस्सिको गोलमा १६ मिनेटमा अग्रता लिएको थियो भने टुरानले तीन गोल नै दोस्रो हाल्फमा गर्दै आफ्नो ह्याट्रीक पुरा गरेका हुने । ५०, ५३ र ६७ मिनेटमा गोल गर्दै टर्किका मिड्फिल्डरले आफ्नो ह्याट्रीक पुरा गरेका हुन । मेस्सिको पहिलो गोलमा पनि टुरानकै असिस्ट रहेको थियो ।  यसै समुहको अर्को खेलमा भने म्यान्चेस्टर सिटी र सेल्टिकले १-१ को बराबरी खेले, सिटीका लागि ईहेनाचोले र सेल्टिककलागि रोबेर्ट्सले गोल गरेका थिए । यस समुहबाट बार्सिलोना बिजेता र सिटी उपबिजेता भयो।

 हिजो भएको समुह ‘डि’को खेलहरुमा बायर्न म्युनिखले एट्लेटिको म्याड्रीड्लाई १-०ले पराजित गर्‍यो भने पिएसभी ईन्डहेभोनले रोस्टोभसँग ०-०को बराबरी खेल्यो । म्युनिखका लागि एक मात्र गोल रोबर्ट लेवानड्वोस्किले गरेका थिए । यस समुहबाट एट्लेटिको बिजेता र म्युनिख उपबिजेता भयो ।

March 26, 2025

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिना विश्वकपका लागि छनोट

एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

March 25, 2025

नेपाल मलेसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]

Success

Thank you for your time.