3 years ago
April 8, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन झण्डै ३ साता पछि सरेको छ । एन्फाले २०७९ असार ६ गतेका लागि निर्वाचन मिति तय गरेको छ । आन्तरिक परिपत्र जारी गरेपनि एन्फा कार्यसमितिबाट भने नयाँ मिति अनुमोदन हुन बाँकी रहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताएका छन् । यसअघि २०७९ जेठ १५ गतेका लागि निर्वाचन भएको थियो ।
जिल्ला निर्वाचनपछिको अपिल समय पर्याप्त नहुने भएकाले निर्वाचन मिति पर सार्नुपरेको महासचिव तुलाधरले बताए । एन्फाले २०७९ वैशाख १ देखि १० गते सम्मका लागि जिल्ला संघको निर्वाचन गरि सक्न यसअघि नै पत्राचार गरिसकेको छ ।
‘जिल्ला संघका निर्वाचनमा विवाद आएको खण्डमा अपिलको लागि समय अपर्याप्त हुने देखिएपछि झण्डै ३ साता निर्वाचन सार्ने तयारी गरेका हौं’, तुलाधरले भने, ‘अध्यक्ष ज्यू फिफा कंग्रेसमा जाँदा निर्वाचन सार्ने विषयमा सहमति लिएर फर्कनुभएको थियो । यहाँ एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङसँग पनि छलफल गरेर असार ६ गतेका लागि निर्वाचिन मिति तय गरेका छौं । यद्दपी त्यसको अनुमोदन भने एन्फा कार्यसमितिबाट गर्न बाँकी छ । अब बस्ने बैठकले निर्वाचनको नयाँ मिति तय गर्नेछ ।’
तुलाधरका अनुसार निर्वाचनको ३५ दिन अघि नै एन्फाले मतदाताको नामावली निर्वाचन समितिलाई बुझाइ सक्नुपर्ने हुन्छ । तुलाधरले थपे, ‘जिल्ला निर्वाचन त्यसपछिको अपिल समय र निर्वाचित मिति अघिको ३५ दिनको समय सिमालाई ध्यानमा राखेर नै नयाँ मिति तय गरिएको हो ।’
एन्फा निर्वाचनमा ८७ जना प्रतिनिधिले मतदान गर्न पाउनेछन् । एन्फा कार्यसमितिमा रहेका निर्वाचित, मानार्थ, महासचिव, कोषाध्यक्ष, सिइओलगायतले भने चुनावमा प्रतिनिधि हुन पाउने छैनन् । ७ प्रदेशबाट ४५, १४ ए डिभिजन क्लबबाट १४, १४ बी डिभिजन क्लबबाट ११ तथा १४ सी डिभिजन क्लबबाट ९ जनाले मताधिकार प्राप्त गर्नेछन् । त्यस्तै ४ संघ (महिला, प्रशिक्षक, खेलाडी र रेफ्री) बाट समान १-१ तथा राष्ट्रिय लिगका लागि छनोट भएका ४ क्लबबाट समान १ एन्फा निर्वाचनका लागि मताधिकार पाउनेछन् ।
आसन्न निर्वाचनका लागि प्रतिनिधि छनोट सुरुमै विवाद भएको छ । विहीबारका लागि तय भएको बी र सी डिभिजन प्रतिनिधि छनोट भेला विवादका कारण स्थगित भएको छ । एन्फा कार्यसमितिमै रहेका व्यक्तिहरु आ आफ्नो क्लबको प्रतिनिधिका रुपमा भेलामा सहभागी भएपछि विवाद सुरु भएको हो । सी डिभिजन क्लबकै ओसिस बस्नेतले उजुरी गरेपछि भेला स्थगित भएको थियो ।
एन्फा कार्यसमिति सदस्य दावा लामा प्लानिङ व्वाइज युनाइटेड, मानार्थ सदस्य रुपेश अधिकारी स्पोर्टस एकेडेमी साँगा र कोषाध्यक्ष रविन्द्र जोशी पुल्चोक स्पोर्टस क्लबबाट प्रतिनिधि भएपछि विवाद भएको थियो । विवादपछि निर्वाचन समितिले स्थगित गर्न सुचना जारी गर्ने क्रममा सदस्य लामाले समितिको कार्यालयमा रहेको कम्प्युटर, प्रिन्टर तोडफोड गरेका थिए ।
आसन्न निर्वाचनमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्बाङबीच अध्यक्षमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यद्दपी दुवैले औपचारिक घोषणा भने गरेका छैनन् । यसअघिको निर्वाचनमा एकै समूहबाट निर्वाचन लडेका शर्पा र नेम्बाङसहित १७ जना नै निर्वाचित भएका थिए ।
एन्फा निर्वाचनमा मतदाता संख्या
संस्था – मतदाता संख्या
प्रदेश १ –१०
मधेश प्रदेश– ८
बागमती प्रदेश – १०
गण्डकी–६
लुम्बिनी –७
कर्णाली –२
सुदूरपश्चिम –२
ए डिभिजन – १४
बी डिभिजन – ११
सी डिभिजन – ९
४ संघ (खेलाडी, रेफ्री, महिला र प्रशिक्षक) – ४
राष्ट्रिय लिगका लागि छनोट भएका क्लब – ४
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]