3 years ago
April 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक प्रवेश कटवालले श्रीलंकाको ब्लुस्टार क्लबविरुद्धको खेलका लागि टोली तयार रहेको बताएका छन् ।
मछिन्द्रले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा श्रीलंकाको ब्लुस्टार क्लबसँग एफएफसी कपको प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्दैछ ।खेलअघिको प्रि–म्याच पत्रकार सम्मेलनमा मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले लिग च्याम्पियन र एएफसी कप खेल्ने योजना बनाएको त्यही अनुसार कात्तिकदेखि प्रशिक्षण गरिरहेको बताए ।
‘हामीले लिग च्याम्पियन बन्दै एएफसी कप खेल्ने लक्ष्यका साथ टोली निर्माण गरेका थियौं । त्यसमा हामीले सफलता हात पा¥यौं । हामी ब्लुस्टारसँगको खेलका लागि तयार छौं ।’ प्रशिक्षक कटवालले भने, ‘यो क्लबका लागि मात्रै नभई नेपाली फुटबलकै लागि राम्रो हो । मछिन्द्र र नेपाली फुटबलको लागि समूह चरण पार गर्ने लक्ष्य राखेका छौं । लिगपछि एएफसी कपको तयारीका लागि मोफसलमा दुई खेलेका थियो खप्तड गोल्डकप मैदानका कारण र सर्लाहीमा राम्रो खेल्दा खेल्दै हार बेहोर्न परेपनि टोलीको मनोवल उच्च छ ।’
प्रशिक्षक कटवालले ब्लुस्टारबारे जानकारी लिइरहेको र श्रीलंकाको श्रीलंका सुपर लिग राम्रो रहेको सेट टिम रहेको । ‘पक्कै पनि दवाव हुनेछ । तर, खेल भाइटल नै हुनेछ । यो क्लबहरुको अन्तराष्ट्रिय स्तरको खेल हो । प्रेसर थेगेर जित्ने लक्ष्य रहेको ग्रुप स्टेजमा पुग्ने लक्ष्य लिएका छौं । त्यसमा सफल हुनमा आशाबादी छौं ।’ ‘इन्ज्युरी छैन । लिगमा फर्ममा रहेको सुनिल बलले कमब्याक गरिसकेको छ । सुनिलको फर्म आउछ कि आउदैन भन्ने मात्रै हो । हामी सबै फिट छौं । टिममा लिगकै २४ खेलाडी रहेका छन् ।’
खेलाडीलाई राष्ट्रिय टोलीमा नपठाएको सन्दर्भमा क्लबले प्रशिक्षण अवधि थोरै रहेका कारण टोलीमा एकरुपताका लागि एन्फाले क्बबलाई पठाउने क्लबले एन्फासँग कुरा गर्ने समझदारीमा नै नपठाएको बताए ।
मछिन्द्रका कप्तान सुजल श्रेष्ठ प्रशिक्षक प्रवेश कटवालले भनेजस्तै लिग सुरु भएदेखि नै टार्गेट एएफसी खेल्ने रहेको र त्यसमा हामी सफल भएको बताए । अहिले लिग सकिसकेपछि पनि टिम एकसाथ रहेको प्रशिक्षण पनि राम्रो रहेको हाम्रो लक्ष्य दोस्रो राउन्ड मात्रै नभई त्यो भन्दा माथि जाने रहेको उनले थपे ।
मछिन्द्रले पहिलोपटक एएफसी कप छनोट खेल्न लागेको हो । अघिल्लो पटक लिग च्याम्पियन बनेपनि क्लब लाइसेन्स नभएका कारण मछिन्द्रले छनोटको मौका गुमाउँदा लिगको दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबले छनोट चरण खेलेको थियो ।
यसपटक भने मछिन्द्रले क्लब लाइसेन्स प्राप्त गरिसकेको छ । नेपालबाट मछिन्द्रसहित मनाङ, त्रिभुवन आर्मी र एपीएफले क्लब लाइसेन्स पाएको छ । यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । जुन खेल अप्रिल १२ मा हुनेछ ।
January 18, 2025
सुशील पन्त क्षेत्री,चितवन राइजिङ भरतपुर गोल्ड कप फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको छ। चितवन ११ फुटबल क्लबको आयोजनामा प्रतियोगिता माघ १२ गते सुरु हुने शनिवार रिसोर्ट मिसन सफलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी हुने […]
January 18, 2025
अर्जुन कार्की , बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङले दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रहरीले शनिवार भएको फाइनलमा संकल्प पुर्नस्थापना केन्द्र बागलुङलाई ट्राइब्रेकरमा ५-३ ले हराउँदै च्याम्पियनबनेको हो । निर्धारित र थप २० मिनेटमा खेल १-१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा प्रहरीले बाजी मारेको थियो। दोस्रो हाफको दोस्रो मिनेटमा मनोज गुरुङले गोलबाट संकल्पले […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती युथ क्लबले एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणमा विभागीय टोली नेपाल पुलिस क्लबलाई बराबरीमा रोकेको छ । बागमती र पुलिसबिच शनिवार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसले गोलका धेरै अवसर निकाले पनि बागमतीले त्यसलाई सफल हुन दिएन । पुलिस ११ अंकका साथ तेस्रो स्थानमा कायमै छ […]