default_image

3 years ago

April 1, 2022

स्पेन र जर्मनी विश्वकपको एकै समूहमा

398 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह चरणमा पूर्व विश्वकप विजेता स्पेन र जर्मनी एकै समूहमा परेका छन् । कतारमा आज आयोजित ड्र समारोहमा स्पेन र जर्मनी दुवै समूह ई मा परेका हुन् ।

आयोजक कतार, नेदरल्यान्ड्स, सेनेगल र इक्वेडर एकै समूहमा परेका छन् । त्यस्तै इंग्ल्यान्डले अमेरिका, इरान र युरोपेली प्लेअफको विजेतासँग खेल्नेछ । उक्त प्लेअफमा वेल्सले सक्टल्यान्ड र युक्रेनको विजेतासँग खेल्नेछ । साविक विजेता फ्रान्सको समूहमा डेनमार्क, ट्युनिसिया तथा अन्तर महादेशीय प्लेअफको पहिलो खेलको विजेता खेल्नेछन् । उक्त प्लेअफमा अष्ट्रेलिया र यूएईको विजेताले पेरुसँग खेल्नेछ ।

अर्जेन्टिनाको समूहमा मेक्सिको, पोल्यान्ड र साउदी अरेबिया परेको छ । ब्राजिल, सर्बिया, क्यामरुन र स्विटजरल्यान्डले एकै समूहमा प्रतिस्पर्धा गर्नेछन् । पोर्चुगल, दक्षिण कोरिया, घाना र उरुग्वे समूह एच मा रहेका छन् ।

बेल्जियम, मोरक्को, क्यानडा र क्रोएसिया समूह एफ मा रहेका छन् । समूह ई मा स्पेन र जर्मनीसँगै र जापान र दोस्रो अन्तर महादेशीय प्लेअफको विजेताले खेल्नेछन् । दोस्रो अन्तर महादेशीय प्लेअफमा कोस्टारिका र न्युजिल्यान्ड खेल्नेछन् ।

हरेक समूहका शीर्ष २ टोलीले प्रि-क्वाटरफाइनलमा स्थान पक्का गर्नेछन् ।

पूर्ण ड्र :

समूह ए – कतार, इक्वेडर, नेदरल्यान्ड्स, सेनेगल

समूह बी – इंग्ल्यान्ड, इरान, अमेरिका, युरोपेली प्लेअफको विजेता (वेल्स/युक्रेन/स्कटल्यान्ड)

समूह सी – अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्यान्ड

समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, प्लेअफ १ को विजेता (अष्ट्रेलिया/युएई/पेरु)

समूह ई – स्पेन, जर्मनी, जापान, प्लेअफ २ विजेता (कोस्टारिका/न्युजिल्यान्ड)

समूह एफ – बेल्जियम, मोरक्को, क्रोएसिया, क्यानडा

समूह जी – ब्राजिल, सर्बिया, स्विटजरल्यान्ड, क्यामरुन

समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

March 13, 2025

न्यु स्टार माछापोखरी हिटी गोल्डकपको उपाधि

हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]

Success

Thank you for your time.