default_image

2 years ago

March 31, 2022

खुमलटारले श्री भगवतीलाई हरायो

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवती क्लब टोखालाई पराजित गरेको छ । खुमलटारले ४–२ को जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा खुमलटारको जितमा दिवस छन्त्यालले दुई तथा सुरोज बस्नेत र प्रसन्न श्रेष्ठले समान एक गोल गरे । श्री भगवतीका सन्तोष केसी र राजु गुरुङले गोल फर्काए ।

खेलको २१औं मिनेटमा दिवस छन्त्यालको गोलबाट खुमलटारले सुरुवाती अग्रता लिएको थियो । ३१औं मिनेटमा सन्तोष केसीले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । ५५औं मिनेटमा दिवसले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै खुमलटारलाई २–१ ले अघि बढाए ।

८३औं मिनेटमा सुरोज बस्नेतले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ८९औं मिनेटमा प्रसन्न श्रेष्ठले गोल गर्दै खुमलटारलाई फराकिलो जिततर्फ अग्रसर गराए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा राजु गुरुङले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा खुमलटार विजयी हुन सफल भयो । जितसँगै खुमलटारको १० खेलबाट १५ अंक पुगेको छ । पराजित श्री भगवतीको १० खेलबाट १४ अंक रहेको छ ।

लिगकै अर्काे खेलमा नयाँ वस्ती युथ क्लब र सरस्वती युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि सरस्वती १० खेलबाट १६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । नयाँ वस्तीको १० खेलबाटै १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

यस्तै लिगकै अर्काे खेलमा ट्ुसाल युथ क्लब र ब्वाइज युनियन क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । टुसालका लागि आदर्श लिम्बुले गोल गर्दा ब्वाइज युनियनका विनोद राईले बराबरी गोल फर्काए । ४९औं मिनेटमा आदर्श लिम्बुले गोल गर्दै टुसाललाई सुरुवाती अग्रता दिलाए । ५६औं मिनेटमा विनोद राईले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

यो बराबरीसँगै टुसाल १० खेलबाट १३ अंक जोडेर आठौं स्थानमा रहेको छ । समान १३ अंक नै रहेपनि टुसालले श्री कुमारी र मध्यपुरलाई पछि पारेको हो । पराजित ब्वाइज युनियन ९ अंक जोडेर पुछारमा रहेको छ ।

July 6, 2024

पोर्चुगललाई टाइब्रेकरमा हराउँदै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्सले युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिँदा खेल टाइब्रेकरमा अघि बढेको थियो । टाइब्रेकरमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५-३ ले विजयी भयो । अन्य सबैले टाइब्रेकरमा गोल गरे । […]

July 6, 2024

जर्मनीलाई हराउँदै स्पेन युरोको सेमिफाइनलमा

एजेन्सी – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले […]

July 5, 2024

हर्दीको पहिलो जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज हर्दी युवा समाजले जित हासिल गरेको छ । लिगमा पहिलो जित निकालेको हर्दीले शुक्रबार एभरेष्ट क्लबलाई ३-० ले हराएको हो । हर्दीको जितमा सन्तोष थिङले ह्याट्रिक गरे । सन्तोषले खेलको सातौं, ४५ औं र ४७ औं मिनेटमा गोल गरे । लिगमा ह्याट्रिक गर्ने […]

Success

Thank you for your time.