default_image

3 years ago

March 30, 2022

आइसल्यान्डमाथि स्पेनको सानदार जित

106 views

0 Bookmark

एजेन्सी – अल्भारो मोराटा र परिवर्तित खेलाडी पाब्लो साराविया चम्कदा स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा स्पेनले आइसल्यान्डलाई ५–० को भारी गोलअन्तरले पराजित गरेको हो ।

स्पेनमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा अल्भारो मोराटा र पाब्लो सारावियाले समान दुई गोल गर्दा यारेमी पिनोले एक गोल थपे । स्पेनले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल थपेको थियो ।

३७औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए । उनले ह्युगो गुइलामोनको पासमा गोल गर्न सफल भएका थिए । ४०औं मिनेटमा मोराटाले नै पेनाल्टीमा गोल गर्दै स्पेनलाई पहिलो हाफमा २–० ले अघि बढाए ।

४७औं मिनेटमा यारेमी पिनोले गोल गर्दै स्पेनलाई ३–० ले अघि बढाए । उनले जोर्डी अल्वाको पासलाई सदुपयोग गरेका थिए । ६१औं मिनेटमा परिवर्तित खेलाडी पाब्लो सारावियाले गोल गरेपछि स्पेन खेलमा ४–० ले अघि बढ्यो ।

५८औं मिनेटमा मोराटाको स्थानमा मैदान छिरेका सारावियाले मार्काेस अलन्सोको पासमा गोल गरेका थिए । ७३औं मिनेटमा सारावियाले अलन्सोकै पासमा गोल गर्दै टोलीको फराकिलो जित पक्का गरे ।

अन्य नजिता
अजरवैजानविरुद्ध लात्भिया (०–), क्रोएसियाविरुद्ध बुल्गेरिया (–१), लिचेस्टाइनविरुद्ध फारोई आल्यान्ड (०–), अल्वानियाविरुद्ध जर्जिया (०–०), बहराइनविरुद्ध बेलारुस (०–), डेनमार्कविरुद्ध सर्विया (–०), फिनल्यान्डविरुद्ध स्लोभाकिया (०–), स्वीट्जरल्यान्डविरुद्ध कोसोभो (१–१), माल्टाविरुद्ध कुवेत (–०), नर्वेविरुद्ध अर्मेनिया (–०), कतारविरुद्ध स्लोभेनिया (०–०), इजरायलविरुद्ध रोमानिया (२–२), अष्ट्रियाविरुद्ध स्कटल्यान्ड (२–२), बेल्जियमविरुद्ध बुर्किना फासो (–०), इंग्ल्यान्डविरुद्ध आइभोरी कोस्ट (–०), नेदरल्यान्ड्सविरुद्ध जर्मनी (१–१), टर्कीविरुद्ध इटाली (२–३) र वेल्सविरुद्ध चेक रिपब्लिक (१–१)

November 1, 2024

थ्री नेसन्स कप फुटबल – नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

Success

Thank you for your time.