default_image

3 years ago

March 29, 2022

पोर्चुगललाई हराउनेमा म्यासेडोनियाका प्रशिक्षक विश्वस्त

222 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियाले पोर्चुगलको सामना गर्दैछ । नेपाली समयअनुसार मध्यरातको १२:४५ बजे सुरु हुने खेलको विजेता विश्वकपका लागि छनोट हुनेछ ।

दुवै टोलीले प्लेअफ अन्तर्गत सेमिफाइनलमा जित हासिल गरेका हुन् । पोर्चुगलले टर्कीमाथि ३-१ को जित दर्ता गर्दै फाइनलमा स्थान पक्का गरेको हो । त्यस्तै म्यासेडोनियाले युरोपेली च्याम्पियन इटालीलाई स्तब्ध पार्दै फाइनल भिडन्तमा स्थान बनाएको हो । इटाली इन्ज्युरी समयमा गोल खाएपछि १-० को हार बेहोर्दै विश्वकप पुग्नबाट बन्चित भएको थियो ।

म्यासेडोनियाका प्रशिक्षक ब्लागोजा मिलेभ्स्कीले पोर्चुगललाई हराउँदै म्यासेडोनिया विश्वकपमा छनोट हुने अभिव्यक्ति दिए । ‘हामीले विश्वको उत्कृष्ट मध्यको टोली इटालीलाई हराएका छौं । हामी यहाँ रोकिने छैनौं । अब विश्वकप पुग्न हामि एक कदम टाढा छौं । हामी आफूलाई युरोपको शीर्ष २० टोलीमा किन पर्छौं भनेर सिद्ध गर्न चाहन्छौं,’ उनले भने ।

म्यासेडोनिया आफ्नो इतिहासमा पहिलो पटक विश्वकप खेल्न चाहन्छ । युरो २०२० मा सहभागिता जनाउँदै पहिलो पटक ठूलो प्रतियोगिता खेलेको म्यासेडोनियाले जर्मनीलाई २-१ ले पराजित गरेको थियो । टोलीले पछिल्ला ८ मध्य १ खेलमा मात्र हार बेहोरेको छ ।

यस्तै इटालियन क्लब नेपोलीबाट खेल्दै आएका म्यासेडोनियाका मिडफिल्डर एलिफ एल्मासले खेल निकै कठिन हुने बताए । ‘यो हाम्रो लागि सर्वाधिक कठिन मध्यको खेल हुनेछ र पक्कैपनि निकै रोमान्चक पनि । हामी विश्वकप खेल्ने बाल्यकालदेखिको सपनाबाट ९० मिनेट टाढा छौं । हाम्रो मात्र नभएर, सबै म्यासेडोनियाका जनताको । हामीले यो अवसर गुमाउनु हुन्न र मैदानमा आफूसँग भएको सबै दिएर जितका लागि खेल्नेछौं ।’

सन् १९९८ यता लगातार विश्वकप खेल्दै आएको पोर्चुगल यसपटक पनि सहभागिता निरन्तरता दिन चाहन्छ । पोर्चुगलका ३७ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डो पनि सम्भवत: करिअरको अन्तिम विश्वकप खेल्ने लक्ष्यसहित आज मैदान उत्रनेछन् । आज छनोट नभएको अवस्थामा रोनाल्डो अर्को विश्वकप आउँदा ४१ वर्ष पुग्नेछन् ।

रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता हुन् । उनले १ सय १५ गोल गरिसकेका छन् । रोनाल्डोले आफ्नो करिअरमा ४ पटक विश्वकप खेल्दै ७ गोल गरेका छन् । सन् २०१६ मा युरो कप उपाधि दिलाएका रोनाल्डो विश्वकप जित्दै उच्च विन्दुमा अन्तर्राष्ट्रिय करिअरबाट विश्राम लिन चाहन्छन् ।

यो पनि : रोनाल्डो भन्छन् – ‘यो जीवनको सबैभन्दा महत्त्वपूर्ण खेल हो’

November 1, 2024

थ्री नेसन्स कप फुटबल – नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

Success

Thank you for your time.