3 years ago
March 29, 2022
एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले यसै वर्षको फिफा विश्वकप २०२२ पछि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने संकेत दिएका छन् ।
यस्तोमा अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कोलानीले मेस्सीको मजा लिनुपर्ने बताएका छन् । किनभने उनले अन्तत सन्यास लिनेछन् ।३४ वर्षीय कप्तान मेस्सीले भेनेजुएलासँगको ३–० को जितपछि आफ्नो अन्तर्राष्ट्रिय करिअरमा पुनः सोच्ने बताएका थिए । मेस्सीले कतारमा हुने विश्वकपपछि धेरै कुरामा पुनर्विचार गर्नुपर्ने र राष्ट्रिय टोली छोड्ने निर्णय गर्न सक्ने बताएका छन् ।
मेस्सीको टिप्पणीको बारेमा प्रशिक्षक स्कोलानीले मेस्सीले सन्यास लिने निर्णयय गर्ने दिन आउने बताएका छन् । ‘खेलपछि सबैले मुल्यांकन गर्छन् । सबै प्रशिक्षक सबै खेलाडीको दिमागमा हुनेछैन । मेस्सीको दिमागमा के घुमिरहेको छ । मलाई थाहा छैन ।’ प्रशिक्षक स्कोलानीले भने, ‘अब कुनैपनि अवस्थामा तपाईले मेस्सीको आनन्द लिनुपर्छ । तपाईले भविष्यको बारेमा सोच्नुपर्दैन । उनको सानदार वर्तमानको आनन्द लिनुहोस् । यो जीवनको नियम हो र यो कुर्नपनि समयमा हुनेछ । विश्वकपपछि के हुन्छ भनेर सोच्नु पनि बेकार हो ।’
यसअघि मेस्सीले २०१६ मै सन्यासको घोषणा गरेका थिए । तर, उनले सन्यास फिर्ता लिदै राष्ट्रिय टोलीमा फर्किएका थिए । उनको कप्तानीमा अर्जेन्टिनाले यो वर्ष कोपा अमेरिका कपको उपाधि जितेको थियो । त्यो मेस्सीको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । यस्तै प्ले मेकर एन्जल डि मारियाले कतार विश्वकपपछि नै सन्यास लिने बताइकसकेका छन् ।
November 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]