3 years ago
March 27, 2022
सुनिल गाउँले, सिमरा
हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै विभागिय एपिएफ क्लब जगदम्बा १२औं जीतपुर सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।
सिमरा रंगशालामा आईतवार भएको खेलमा शिमालयन शेर्पा क्लबलाई ३–२ ले पराजित गर्दै एपिएफले सेमिफाईनलको यात्रा तय गरेको हो । एपिएफको जीतमा दीपेश धिमाल, बिकी तामाङ र अर्मान्ड बेडमले गोल गरे । शेर्पाका लागि विश्वास श्रेष्ठ दुई गोल गरेपनि हार टार्न सकेन ।]
रोमाञ्चक खेलमा शेर्पाले आक्रामक सुरुवात गरेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन् । खेलको सुरुवातमै शेर्पाले वान भर्सेस वानको स्थितिमा गोल गर्ने अवसर गुमायो । शेर्पाका अफिज ओलावाले ओलाडिपोको प्रहार क्रसबारबाट बाहिरियो । सुरुवातमा बल पोसेसन राखेको शेर्पाले खेलको २७औं मिनेटमा पहिलो गोल खान पुग्यो ।
कप्तान नविन लामाको कर्नर बललाई सदुपयोग गर्दै एपिएफका दिपेश धिमालले टिमलाई अग्रता दिलाए । दिपेशको गोलसँगै आक्रामक बनेको एपिएफले ३३औं मिनेटमा अग्रता दोब्बर बनायो । कप्तान नविनको क्रसलाई बिकी तामाङले सदुपयोग गरेका थिए । सुरुवात राम्रो गरेपनि एपिएफले अग्रता लिएपछि दवावमा देखिएको शेर्पाले खेलको ३३औं मिनेटमा गोलअन्तर घटाउने राम्रो अवसर गुमायो । शेर्पाका बिकास मेराग्लियाले र अफिज ओलावाले गोल गर्ने गुमाए ।
दोस्रो हाफमा दुवै टिम आक्रामक देखिए् । ५०औं मिनेटमा कप्तान विश्वास श्रेष्ठले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । दिपेश धिमालले शेर्पाका बिकास मेराग्लियालाई लडाएपछि पाएको पेनाल्टीमा कप्तान विश्वासले कुनै गल्ती गरेनन् । ५६औं मिनेटमा एपिएफले तेस्रो गोल थप्यो । प्रदीप लामाको क्रसलाई सदुपयोग गर्दै अर्माण्ड बेडमले गोल गरेका हुन् ।
६८औं मिनेटमा विश्वासले आकर्षक गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे । डिबक्स बाहिरबाट बिश्वासले प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । घरेलु दर्शकको समर्थन पाएको शेर्पाले गोल अन्तर घटाएपछि प्रतिस्पर्धा रोमाञ्चक बन्न पुग्यो । ७१औं मिनेटमा सत्यम शर्माको प्रहार क्रसबारमा ठोक्किनु शेर्पाका लागि दुर्भाग्य सावित भयो । लगत्तै अफिजले गरेको प्रहार एपिएफका गोलरक्षक युया कुरियामाले उत्कृष्ट बचाउ गरे ।
एपिएफको जितमा उत्कृष्ट प्रर्दशन गरेका अर्माण्ड म्यान अफ दि म्याच घोषित भए । उनले पाँच हजार नगद हात पारे । प्रतियोगिता अन्तर्गत सोमबार आयोजक नव जनजागृति युवा क्लब र सुदूपश्चिम ११ बीच खेल हुनेछ ।
नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]