default_image

3 years ago

March 27, 2022

इंग्ल्यान्डको पूनरागमन जित

109 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले मैत्रीपूर्ण खेलमा स्वीट्जरल्यान्डलाई पराजित गरेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले स्वीट्जरल्यान्डमाथि २–१ को पूनरागमन जित निकालेको छ ।

इंग्ल्यान्डको पूनरागमन जितमा लुका सा र ह्यारी केनले गोल गरे । स्वीट्जरल्यान्डका ब्रेल इम्वोलोको गोल सान्त्वना बन्यो । वेम्वली स्टेडियममा शनिबार राति भएको खेलको २२औं मिनेटमा ब्रेल इम्वोलोको गोलबाट इंग्ल्यान्ड पछि परेको थियो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लुका साले कोनोर गल्लाघेरको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७८औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डको जित पक्का गरे ।

अन्य नतिजा
क्रोएसियाविरुद्ध स्लोभेनिया (१–१), फिनल्यान्डविरुद्ध आइसल्यान्ड (१–१), आयरल्यान्डविरुद्ध बेल्जियम (२–२), स्पेनविरुद्ध अल्वानिया (–१), जर्मनीविरुद्ध इजरायल (–०) र नेदरल्यान्ड्सविरुद्ध डेनमार्क (–२)

November 1, 2024

थ्री नेसन्स कप फुटबल – नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

Success

Thank you for your time.