default_image

3 years ago

March 27, 2022

हाभर्टज र वेर्नरको गोलमा जर्मनीको जित

48 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीका फरवार्डद्धय काई हाभर्टज र टिमो वेर्नरको गोलमा जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इजरायललाई पराजित गरेको छ ।

जर्मनीले २–० को सहज जित हात पारेको हो । प्रिजेरो एरिना सिनसेहिम जर्मनीका शनिबार राति भएको खेलमा दुवै गोल पहिलो हाफमा भएको थियो ।

प्रतिस्पर्धात्मक खेलको ३६औं मिनेटमा काई हाभर्टजले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । उनले डेभिड रामको पासमा गोल गर्न सफल भएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा टिमो वेर्नरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे । उनले इल्केए गुन्डोगानको पासमा गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफको अन्त्यतिर दुवैले पेनाल्टी चुकाएका थिए । ८९औं मिनेटमा थोमस मुलर पेनाल्टीमा चुक्दा जर्मनीले गोल अन्तर बढाउन सकेन । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा योनेटान कोहेन पनि पेनाल्टीमा चुक्दा इजरायल गोल अन्तर कम गर्नबाट चुक्यो ।

December 23, 2024

चर्च ब्वाइजलाई झापा कपको उपाधि

हिमाल खरेल, बिर्तामोड ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलेझापा कपको पहिलो संस्करणको उपाधि जितेको छ ।चर्च ब्वाइजले सोमवार फाइनलमा एनआरटीलाई फाइनलमा ३-१ ले हरायो । चर्च ब्वाइजले जितसँगै १० दिनअघि इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ । इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटी क्लबले ३-० ले पराजित गरेको थियो ।गत वर्ष […]

December 23, 2024

आर्मीलाई हराउँदै आयोजक सेमिफाइनलमा

दिपक बोहोरा,पाँचथर त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै आयोजक फिदिम स्पोर्टिङ क्लब ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिमले आर्मीलाई हराए सँगै पाँचथरे टोलीले गत वर्ष भएको चौथो पाँचथर गोल्डकपको फाइनलमा हारेको हारको बदला लिएको छ । फिदिम माविको मैदानमा सोमवार भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक फिदिम टाइब्रेकरमा ४-२ ले […]

December 23, 2024

युनाइटेडको लज्जास्पद हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब प्रदर्शनले आइतवार पनि निरन्तरता पाएको छ । घरेलु मैदानमा युनाइटेड बर्नमथसँग ३-० ले पराजित भएको हो । बर्नमथलाई जित दिलाउन डिन हुइजसेन, जस्टिन क्लुइवर्ट र एन्टोनी सेमेन्योले गोल गरे । हुइजेनले २९ औं मिनेटमा गोल गरे। क्लुइवर्टले ६१ औं मिनेटमा पेनाल्टीमा गोल गरे। सेमेन्योले ६३ औं मिनेटमा […]

Success

Thank you for your time.