default_image

3 years ago

March 27, 2022

वर्गवाइन चम्कदा नेदरल्यान्ड्सको सहज जित

172 views

0 Bookmark

एजेन्सी – स्टेभन वर्गवाइनले दुई गोलसँगै एक असिस्ट दिएपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सले सहज जित हात पारेको छ । घरेलु मैदानमा नेदरल्यान्ड्सले डेनमार्कलाई ४–२ ले पराजित गरेको हो ।

घरेलु मैदानमा डच टोलीको जितमा स्टेभन वर्गवानले दुई तथा नथान एके र मेम्फिस डिपाएले समान एक गोल गरे । डेनमार्कका जान्निक भेस्टेरगार्ड र क्रिस्टियन इरिक्सनले समान एक गोल गरे ।

योहान क्रुएफ एरिना आम्सटर्डममा शनिबार राति गोलको वर्षा भएको खेलमा घरेलु टोलीले खेलको १६औं मिनेटमा स्टेभन वर्गवाइनको गोलबाट अग्रता लिएको थियो । उनले डाले ब्लिन्डको पासमा गोल गर्न सफल भएका थिए ।

२०औं मिनेटमा जोआकिमको पासमा जान्निकले बराबरी गोल फर्काए । २९औं मिनेटमा नाथन एकेले स्टेभन वर्गवाइनको पासमा गोल गर्दै नेदरल्यान्ड्सलाई खेलमा २–१ ले अघि बढाए । ३८औं मिनेटमा मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै टोलीलाई पहिलो हाफमा ३–१ ले अघि बढाए ।

४८औं मिनेटमा क्रिस्टियन इरिक्सनले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । गत जुन–जुलाईमा सम्पन्न युरोकप २०२० मा समूह चरणको खेलमा हृदयघात भएपछि इरिक्सनले राष्ट्रिय टोलीमा पूनरागमन गर्दै गोल गर्न सफल भएका हुन् ।

त्यसपछि ७१औं मिनेटमा वर्गवाइनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै टोलीको जित पक्का गरे ।

November 1, 2024

थ्री नेसन्स कप फुटबल – नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

Success

Thank you for your time.