default_image

3 years ago

March 26, 2022

हालान्ड र ओडेगार्डको गोलमा नर्वेको जित

239 views

0 Bookmark

एजेन्सी – तीन मिनेटको अन्तरमा युवा स्टार एर्लिङ ब्राउट हालान्ड र मार्टिन ओडेगार्डको गोलमा नर्वेले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्लोभाकियालाई पराजित गरेको छ ।

नर्वेले घरेलु मैदानमा २–० को जित निकालेको हो । ओस्लोमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलको अन्त्यतिर हालान्ड र मार्टिन ओडेगार्डले तीन मिनेटको अन्तरमा गोल गर्न सफल भएका थिए ।

खेलको ७७औं मिनेटमा हालान्डले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाए । उनले क्रिस्टियन थ्रोसभेड्टको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि ८०औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै नर्वेको जित पक्का गरे । उनले माट्स मोलेरको पासलाई सदुपयोग गरेका थिए ।

अन्य मैत्रीपूर्णमा ग्रीसले रोमानियालाई १–० ले पराजित गरेको छ । ग्रीसको जितमा एन्ड्रिएस बोउचालाकिसले गोल गरे । यस्तै नर्दन आयरल्यान्डले लक्जेमवर्गले ३–१ ले पराजित गरेको छ ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.