default_image

3 years ago

March 26, 2022

फ्रान्सको पूनरागमन जित

112 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुण खेलमा फ्रान्सले अफ्रिकी प्रतिद्धन्द्धी आइभोरी कोस्टमाथि पूनरागमन जित निकालेको छ । फ्रान्सले घरेलु मैदानमा आइभोरी कोस्टलाई २–१ ले पराजित गरेको हो ।

मार्सेमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीको जितमा ओलिभर जिरुड र एरोलिइन चुओमेनीले गोल गरे । आइभोरी कोस्टका निकोलस पेपेको गोल सान्त्वना बन्यो ।

खेलको १९औं मिनेटमा निकोलस पेपेको गोलबाट फ्रान्सले सुरुवाती अग्रता लिएको थियो । उनले इब्राहिम सानगारेको पासमा गोल गर्न सफल भएका थिए ।

तर, आइभोरी कोस्टको त्यो अग्रता लामो समय टिकेन । २२औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले थियो हर्नान्डेजको पासलाई हेडरमार्फत गोल गरेका थिए ।

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एरोलिइन चुओमेनीले गोल गर्दै फ्रान्सलाई पूनरागमन जित दिलाए । उनले माटियो गुएनडोउजीको पासमा गोल गर्न सफल भएका थिए ।

December 23, 2024

चर्च ब्वाइजलाई झापा कपको उपाधि

हिमाल खरेल, बिर्तामोड ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलेझापा कपको पहिलो संस्करणको उपाधि जितेको छ ।चर्च ब्वाइजले सोमवार फाइनलमा एनआरटीलाई फाइनलमा ३-१ ले हरायो । चर्च ब्वाइजले जितसँगै १० दिनअघि इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ । इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटी क्लबले ३-० ले पराजित गरेको थियो ।गत वर्ष […]

December 23, 2024

आर्मीलाई हराउँदै आयोजक सेमिफाइनलमा

दिपक बोहोरा,पाँचथर त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै आयोजक फिदिम स्पोर्टिङ क्लब ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिमले आर्मीलाई हराए सँगै पाँचथरे टोलीले गत वर्ष भएको चौथो पाँचथर गोल्डकपको फाइनलमा हारेको हारको बदला लिएको छ । फिदिम माविको मैदानमा सोमवार भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक फिदिम टाइब्रेकरमा ४-२ ले […]

December 23, 2024

युनाइटेडको लज्जास्पद हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब प्रदर्शनले आइतवार पनि निरन्तरता पाएको छ । घरेलु मैदानमा युनाइटेड बर्नमथसँग ३-० ले पराजित भएको हो । बर्नमथलाई जित दिलाउन डिन हुइजसेन, जस्टिन क्लुइवर्ट र एन्टोनी सेमेन्योले गोल गरे । हुइजेनले २९ औं मिनेटमा गोल गरे। क्लुइवर्टले ६१ औं मिनेटमा पेनाल्टीमा गोल गरे। सेमेन्योले ६३ औं मिनेटमा […]

Success

Thank you for your time.