default_image

3 years ago

March 26, 2022

बागमती जीतपुरसिमरा गोल्डकपको क्वार्टरफाइनलमा

162 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद) –बिएफसी चितवनलाई हराउँदै बागमती युवा क्लब सर्लाही जगदम्बा १२ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाईनलमा पुगेको छ।

सिमरा रंगशालामा शुक्रबार भएको खेलमा चितवनलाई २–१ ले पराजित गर्दै बागमती अन्तिम आठमा प्रवेश गरेको छ । चितवनविरुद्ध रोमाञ्चक जित हात पार्ने क्रममा बाग्मतीका दिनेश चाम्लिङ राई र प्रदीप लम्सालले गोल गरे । बागमतीका लागि रोशन क्षेत्रीले गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलको १५औं मिनेटमा रोशनको गोलबाट चितवनले खेलमा अग्रता लिएको थियो । रोशनको प्रहारलाई बागमतीका गोलरक्षक प्रिसोले नियन्त्रणमा लिन सकेनन् । बागमतीका दिनेशले २३ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । पेनाल्टी बक्स भित्रबाट दिनेशले गरेको प्रहार चितवनका गोलरक्षक मनोज गुरुङले ठम्याउन सकेनन् । उनको उत्कृष्ट गोलले खेलमा पुनरागमन गरेको बागमतीले पहिलो हाफमा चितवनलाई नियन्त्रणमा लिन सफल भयो ।

चितवनविरुद्ध पहिलो हाफमा तालमेल बनाएको बाग्मतीले विपक्षी टोलीको केही प्रयासलाई असफल तुल्याएको थियो । दोस्रो हाफमा चितवन केही लयमा देखियो । केही राम्रा अवसर बनाएपनि फिनिसिङमा चुकेको चितवनले बागमतीलाई दवावमा राख्यो । खेलको ६५औ मिनेटमा चितवनका जोहनले गोल गर्ने सुनौलो अवसर गुमाए । उनको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । दोस्रो हाफमा तालमेलको अभाव देखिएको बाग्मतीले अन्तिम समयमा भने उत्कृष्ट खेल पस्कियो । चितवनलाई स्तब्ध पार्ने क्रममा बागमतीका लागि प्रदीपले ८१औं मिनेटमा विजयी गोल गरे । प्रदीपले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

अन्तिम समयमा अग्रता लिएपछि उत्साहित बागमतीले चितवनलाई पूर्ण दवावमा राख्दै नतिजा आफ्नो पक्षमा पारेको थियो । बागमतीका दिनेश खेलको म्यान अफ दि म्याच घोषित भएर उनले ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तर्गत शनिबार न्युरोड टिम (एनआरटी) र विजय युथ क्लब बीच खेल हुनेछ । नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

Success

Thank you for your time.