3 years ago
March 26, 2022
एजेन्सी – राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशसँग पराजित भएपनि घरेलु टोली भारत साफ यु–१८ महिला च्याम्पियनसिपको च्याम्पियन बनेको छ ।
समान अंक भएपनि गोल अन्तरमा भारत च्याम्पियन बनेको हो । भारत र बंगलादेशले समान ४ खेलबाट ९ अंक जोड्यो । तर, गोल अन्तरमा भारत अघि रह्यो । भारतले च्याम्पियनसिपभर १३ गोल गर्दा २ गोल मात्रै बेहोर्यो । बंगलादेशले ७ गोल गर्दा ४ गोल बेहार्यो ।
भारतले पहिलो राउन्डमा १–० को जित निकालेको थियो । दोस्रो राउन्डमा बंगलादेशको उक्त हारको बदला लिएपनि च्याम्पियन बन्न पर्याप्त बनेन ।
भारतको जमसेदपुर स्थित जेआरडी टाटा कम्प्लेक्समा शुक्रबार भएको खेलमा बंगलादेशको जितमा दोस्रो हाफमा एक्लिमा खातुनले गरेको गोल नै निर्णायक बन्यो । उनले ७४औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् ।
भारतकी लेन्डा कोम सेर्टाेले च्याम्पियनसिपको मोस्ट भ्यालुएवल खेलाडी तथा सर्वाधिक गोलकर्ताको अवार्ड जिते । उनले च्याम्पियनसिपमा कुल ५ गोल गरेकी थिइन् । बंगलादेशको फेयर प्ले अवार्ड जित्यो ।
च्याम्पियनसिपमा नेपाल भने अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । नेपाल प्रतियोगितामा चार खेल खेल्दा अंक विहीन बन्न पुग्यो । नेपालले प्रतियोगितामा चार खेल खेल्दा १८ गोल बेहोर्दा ४ गोल मात्रै गर्न सफल भयो । नेपाल पहिलो खेलमा आयोजक भारतसाग ७–०, बंगलादेशसँग ४–२ र पुनः भारतसँग ५–१ ले पराजित भएको थियो ।
१५ देखि २५ मार्चसम्म भएको च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेश गरी तीन टोलीको सहभागिता रहेको थियो । डबल राउन्ड रोविन लिगको आधारमा भएको खेलपछि विजेताको छिनोफानो गरिएको थियो ।
November 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]