default_image

3 years ago

March 25, 2022

सरस्वतीले श्री भगवतीलाई हरायो

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवती क्लब टोखालाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ । सरस्वतीले २–१ को जित निकालेको हो ।

सरस्वतीको जितमा दुवै गोल सनम धिमालले गोल गरे । श्री भगवतीका सुनिल श्रेष्ठले एक गोल फर्काए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा सरस्वतीले खेलको ४४औं मिनेटमा सनम धिमालको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिएको थियो ।

दोस्रो हाफको शुरुमै ४८औं मिनेटमा सुनिल श्रेष्ठले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ८१औं मिनेटमा सनम धिमालले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सरस्वतीलाई महत्वपूर्ण जित दिलाए ।

यो जितसँगै सरस्वती ८ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । सरस्वती शीर्षस्थानको चर्च ब्वाइज युनाइटेडसँग २ अंकले पछि छ । पराजित श्री भगवतीले दोस्रो स्थानमा उक्लने मौका गुमाउँदा चौथो स्थानमा झरेको छ । श्री भगवतीको ८ खेलबाट १३ अंक छ ।

लिगकै अर्काे खेलमा टुसाल युथ क्लबले वीरगन्ज युनाइेटेडमाथि ४–० को फराकिलो जित निकालेको छ । टुसालको जितमा जिलेप्सी जंग कार्की र ओम प्रकाश रोकाले समान दुई गोल गरे । यो जितसँगै टुसाल ८ खेलबाट ११ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित वीरगन्ज १० अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यस्तै लिगकै अर्काे खेलमा ब्वाइज युनियन क्लब र बाँसबारी क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । ब्वाइज युनियनका विनोद राईले गोल गर्दा बाँसबारीका निशान सुनारले बराबरी गोल फर्काए ।

यो बराबरीसँगै ब्वाइज युनिय ८ खेलबाट ५ अंक जोडेर पुछारमा रहेको छ । बाँसबारी १० अंक जोडेर आठौं स्थानमा रहेको छ ।

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.