default_image

8 years ago

December 4, 2016

आहा रारा गोल्डकप माघ ४ गते देखि

111 views

0 Bookmark

आहा रारा गोल्डकपको १५ औं संस्करणको विजेताले उपाधिसहित ५ लाख एक हजार पाउने

पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकप फुटबल प्रतियोगिता यसपटक माघको ४ देखि पोखरा रंगशालामा सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सहमतिमा माघ ४ देखि १५ गते सम्म आहा रारा गोल्डकप आयोजना गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

15-aaha-gold-cup-pic-by-umesh-pun7

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विरभद्र आचार्यलगायत पदाधिकारी । तस्वी सौजन्यः उमेश पुन

आयोजक सहारा क्लबका अध्यक्ष विरभद्र आचार्यका अनुसार राष्ट्रिय स्तरका उत्कृष्ट ५ क्लव, ३ विदेशी, ३ विभागिय र आयोजकका गरि १२ टोलीको सहभागिता रहनेछ । आहा रारा गोल्डकपको १५ औं संस्करणको विजेताले उपाधिसहित ५ लाख एक हजार, उपविजेताले २ लाख ५१ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् ।
उुटिक सिन ‘खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना हुँदैछ । सहाराले १३ औं दक्षिण एसियाली खेलकुद (साग) केहि खेल त्यसमा पनि फुटबल पोखरामै हुनुपर्नेमा जोड दिदै आएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको शनिबार राजधानीमा बसेको बैठकले सन् २०१९ को मार्च ९ देखि १८ सम्म आयोजना गर्ने निर्णय गरेको थियो ।
प्रतियोगिताको उद्देश्य पर्यटकीय शहर पोखरालाई स्पोर्ट हब सिटीको रुपमा परिचित गराउँदै नवप्रतिभावान फुटबल खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रर्दशन गर्ने उचित अवसर प्रदान गर्दै वचत भएको रकम सहारा एकेडेमीमा खर्चिने क्लबका बरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक केशवबहादुर थापाले बताए । क्लबले सञ्चालन गर्दै आएको एकेडेमीमा हाल तेश्रोमा १६ जिल्लाका २८ जना बालकहरु छन् ।
सहारा क्लवका सल्लाहकार एवं एनआरएन युकेका अध्यक्ष मुछेत्र गुरुङले सहाराले विसुद्ध सामाजिक कामको साथमा फुटवल प्रतियोगिता आयोजना भएकोले विदेशबाट समेत सहयोग जुट्दै आएको बताउदै यो बर्षपनि त्यसले निरन्तरता पाउने बताए ।
हङकङ सहाराका अध्यक्ष दिपक गुरुङले यस बर्ष पनि भाग्यशाली एक जना दर्शकलाई एक तोलाको औठी उपहार दिने घोषणा गरे । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङले आहा रारा गोल्ड कप सफल पार्न आफ्नो क्षेत्रबाट पुर्ण सहयोग गर्ने वचन दिए ।
मुख्य प्रायोजक हिमश्री फुड्सका निर्देशक प्रकाश केसीले सहाराको राम्रा कामको मुल्याङकन गरी निरन्तर रुपमा प्रायोजना गर्दै आएको बताए । उनले भने ‘यहाँ उद्योग धन्दा संचालन गर्ने वातावरण छैन, यदी हामीलाई यहाँ उद्योग संचालन गर्ने वातावरण दिनुहोस हामी यहाँका युवालाई रोजगार दिन्छौं ।’
१२ दिन सम्म चल्ने प्रतियोगितामा झन्डै ८३ लाख रुपैयाँ खर्च हुने क्लबले अनुमान गरेको छ । सहाराका महासचिव केशवराज बरालका अनुसार प्रतियोगितामा झन्डै १ करोड ८ लाख आम्दानीको लक्ष्य राखेको छ ।
हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन, माईक्रो म्याक्स मोबाईलको उप प्रायोजन,पोखरा उपमहानगर पालिकाको संयोजन, राष्ट्रिय खेलकुद परिषद/एन्फा /पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति÷जिल्ला खेलकुद विकास समिति कास्की/एन्फा,कास्की/सहारा यु.के./सहारा हङ्गकङ्ग/सहारा अष्ट्रेलिया को विशेष रहेको छ ।
त्यस्तै वाटर ईको पानी, वेष्ट अफ फाईभ प्रायोजक पृथ्वी राजमार्ग बस संञ्चालक समिति पोखरा, बुद्ध एयर, याट्स,एल जि.टि.भीको पनि प्रतियोगितामा सहयोग रहेको छ ।
यसैबीच, पत्रकार सम्मेलनमा सहारा एकेडेमीका उत्पादन सुशिल लामा र लक्ष्मण जिसीलाई सम्मान गरिएको थियो । एनआरटी क्लबलाई बीबाट ए डिभिजन क्लबमा पु¥याउन महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै क्लबले उनीहरुलाई सम्मान गरेको हो ।

pressmeet

 

March 24, 2025

साविक विजेता स्पेन सेमिफाइनलमा

एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]

March 24, 2025

पुनरागमन जितसँगै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]

March 24, 2025

पोर्चुगल सेमिफाइनलमा

एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]

Success

Thank you for your time.