default_image

8 years ago

December 4, 2016

फाल्गुनन्द गोल्डकप सर्यो

106 views

0 Bookmark

दिपक बोहोरा
पाँचथर, मेची पहाडकै चर्चित फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको आठौँ संस्करण पुष १५ गतेदेखि सदरमुकाम स्थिति फिदिम उच्च माविको खेल मैदानमा सञ्चालन हुने भएको छ । पुष आठ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको प्रतियोगिता सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको कारण एक हप्ता पछि सारिएको हो ।

phidim-sports-club
यसअघि पुष ८ देखि १७ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने तयारी भएको थियो । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमै हुने भएप्छि आयोजक स्पोर्टिङ क्लबले पुष १५ देखि २४ गतेसम्म फाल्गुनन्द गोल्डक प्रतियोगिता गराउने तयारी गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलमा जानकारी दिइएको हो ।

क्लबका अध्यक्ष किरण श्रेष्ठका अनुसार प्रतियोगितामा विभिन्न १० वटा टिमलाई खेलाइनेछ । प्रतियोगिताको सातौँ संकरण सम्म आयोजक फिदिम स्पोटिङ सहित आठ टिमले मात्र सहभागिता जनाउँदै आएका थिए । खेलमा सहभागि टिमको संख्या बढाएसँगै यो बर्ष पुरस्कार राशी पनि बढाइएको छ । प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार र दोस्रो हुने टिमले एक लाख ५० हजार नगद पुरस्कार पाउने जनाइएको छ ।

नौ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल भारत र भुटानका चर्चित फुटबल टिमले सहभागिता जनाउने भएका छन् । आयोजक फिदिम स्पोटिङ क्लब, कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ, रमपम झापा ११, सुनसरी ११, मोरङ ११, सिक्किम ११, कालेम्पुङ ११ भारत, कञ्चनजंघा स्पोट्स क्लब सिलगुडी, चर्च ब्वाइज क्लब काठमाण्डौ र गोर्खा व्वाइज क्लब दमक झापाले सहभागिता जनाउने भएका छन् । विभिन्न सांस्कृतिक कार्यक्रमका साथ उद्घाटन हुने प्रतियोगिता ३० लाखको लागतमा सम्पन्न हुने अनुमान गरिएको छ । प्रतियोगिताको उद्घाटन खेल पछि १५ गते साँझ सांस्कृतिक कार्यक्रम गर्ने तयारी छ । साँस्कृतिक कार्यक्रममा ज्योती मगर, तारा प्रकाश लिम्बू लगायतका राष्ट्रिय कलाकारहरु ल्याइने तयारी गरिएको हो । त्यस्तै फाइनल खेलको अघिल्लो साझँ पुष २३ गते राष्ट्रिय कलाकार इन्दिरा जोशी र विल्सन विक्रम राई लगायतको उपस्थितमा सांस्कृतिक कार्यक्रम गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितको प्रथम पुरस्कारको प्रायोजन गोर्खा वेलफेयर पाँचथरका प्रमुख सुभराज थाम्सुहाङले गर्न छन् । जिल्ला विकास समिति पाँचथर, फिदिम नगरपालीका, जिल्ला स्थित विभिन्न संघ संस्था, बाइवाइ, भोड्का, रुस्नाल, जिओनी मोवाई कम्पनी लगायतको आर्थिक सहायताबाट प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लबका कोषाध्क्ष विमल श्रेष्ठले जानकारी दिए ।

March 24, 2025

साविक विजेता स्पेन सेमिफाइनलमा

एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]

March 24, 2025

पुनरागमन जितसँगै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]

March 24, 2025

पोर्चुगल सेमिफाइनलमा

एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]

Success

Thank you for your time.