3 years ago
March 24, 2022
विनोदबाबु रिजाल, चितवन
राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा अनिता बस्नेतको निर्णायक गोलसँगै एपिएफ फुटबल क्लब विजयी भएको छ । साविक विजेता समेत रहेको एपिएफले अर्को विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले हराउँदै लिगमा विजयी सुरुवात गरेको हो ।
चितवन भरतपुरस्थित सारदानगर फुटबल मैदानमा भएको खेलमा आर्मीले खेलमा लिएको अग्रता जोगाउन नसक्दा हार बेहोर्नुपरेको थियो । रश्मी घिसिङले ५२ औं पेनाल्टी गोलमार्फत आर्मीलाई अग्रता दिलाएकी थिइन् । एपिएफका लागि रेनुका नगरकोटे र अनिता बस्नेतले गोल गरेका थिए । रेनुकाले ५७ औं मिनेटमा बराबरी गोल गरेकी थिइन् । खेल सकिन ९ मिनेट बाँकी रहँदा अनिताले गरेको गोल खेलको निर्णयक बनेको थियो ।
एपिएफको दोस्रो गोलमा फाउल भएको भन्दै आर्मीका खेलाडीले मैदान छाडेका थिए । १० मिनेटपछि पुनः सञ्चालन भएको एन्फाले जनाएको छ । राष्ट्रिय टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारीले सोहि खेलमार्फत १३ महिनापछि फुटबलमा पूनरागमन गरेकी थिइन् । गत वर्ष राष्ट्रिय लिगमा फागुन ३ गते सावित्राको घुँडामा चोट लागेको थियो । त्यसपछि उनले कतार पुगेर घुँडाको शल्यक्रिया गरेकी थिइन् । रविना गोलेको टाँउमा ६० औं मिनेटमा मैदान प्रवेश गरेकी सावित्राले सानदार खेल प्रस्तुत गरेकी थिइन् ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]