3 years ago
March 24, 2022
काठमाडौं (हाम्रो खेलकुद)– विवादका कारण अन्ततः नेपाल सुपर लिग (एनएसएल) सञ्चालन फेरि अनिश्चित बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एनएसएल सञ्चालनका लागि मिति स्वीकृति दिएको भोली पल्ट बिहीबार एनएसएलका आयोजक र सहभागी १० टोलीले तोकिएको मितिमा प्रतियोगिता सञ्चालन र सहभागिताका लागि असमर्थ रहेको संयुक्त विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।
एनएसएलको आयोजकको माग अनुसार नै चैत २५ देखि २०७९ जेठ १ गते सम्म सञ्चालनका लागि स्वीकृति दिएको थियो । एनएसएल आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट प्रा.ली र सहभागी १० टोलीको संयुक्त बैठक पछि जारी विज्ञप्तीमा एन्फासँग केहि शर्तहरु राखेको छ । प्रतियोगिता सञ्चालनका लागि सहजिकरण नभएको अवस्थामा प्रतियोगिता सञ्चालन र सहभागिताका लागि उनीहरुले असमर्थता जनाएका हुन् ।
‘एन्फाकै जिम्मेवार पदाधिकारीले एनएसएललाई अन्य गोल्ड कप जस्तै भएको बताउनु, एनएसएलकै समयमा मोफसलमा गोल्ड कप आयोजनाका लागि समय दिइनु र तयारीका लागि समय पर्याप्त नभएको भन्दै एनएसएलका टोलीहरुले खेल्न असमर्थता जनाएका छन् ।’
विज्ञप्तीमा भनिएको छ, ‘केहि ए डिभिजन क्लबहरुको मागलाई पनि सुनुवाइ गरेर जानु पर्छ र वार्ताको माध्यमवाट समस्या समाधान गर्नु पर्छ भनेर उचित निश्कर्ष निकाल्नका लागि हामिले पनि निरन्तर त्रिपक्षिय वार्ताको लागि अनुरोध गन्यौ तर कुनै पनि वार्ता समयमा हुन नसक्नु र कार्यदल निमार्ण गरि यस विषयलाई समाधान गर्न धेरै ढिलो हुन गएको कारणले हामी आयोजक र १० वटै क्लबहरु को प्रतियोगिता तयारीका लागी ठुलो धनराशी खर्च गरिसकेको र समय अभावका कारण खेलाडीहरुको प्रशिक्षण तथा प्रतियोगिता व्यवस्थापनमा गम्भिर असर पुगेकोले निर्धारित समयमा प्रतियोगितामा सहभागि हुन असमर्थ भएका छौ ।’
आफ्ना खेलाडी क्लबको स्वीकृति विना अक्सनबाट लिनु उपयुक्त नभएको भन्दै ४ ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी), मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब र संकटा क्लबले असन्तुष्टी जनाएका थिए । एन्फाकै जिम्मेवार पदाधिकारीले एनएसएलका विषयमा दिएको अभिव्यक्तिले पनि विविध आशंका जन्माएको उनीहरुको भनाई छ ।
‘एन्फाको जिम्मेवार पदाधिकारीबाट मिडियामा सार्वजनिक रुपमा गोल्डकपकै शैली हो, यो दोस्रो सस्करण पछाडि सम्झौता नै खारेज हुने जस्ता विषयमा सञ्चार माध्यमबाट आफ्नो धारणा सार्वजनिक गर्नुले विविध आशंका जन्माएको छ । साथै एनएसएल र आबद्ध १० क्लबहरुले यति ठुलो लगानी किन र केको लागी गर्ने भन्ने गम्भिर प्रश्न समेत उठेको छ ,’ विज्ञप्तीमा भनिएको छ ।
एनएसएलको आयोजक र सहभागी क्लबले एन्फा र त्यसका प्रतिनिधि एनएनएलप्रति पूर्वाग्रही रहेको आरोप लगाएका छन् । ‘चैत ९ गते एन्फाबाट बाट प्राप्त पत्रले एनएसएल दोस्रो संस्करण गर्न हामीलाई मिति चैत २५ देखि २०७९ जेठ०१ गते सम्म अनुमती प्रदान गरिएको सन्दर्भमा प्रतियोगिता भन्दा १५ दिन अघि मात्र प्रतियोगिता गर्न स्वीकृती दिनु र एनएसएल प्रतियोगिता भन्दा पछाडि माग गरिएका मोफसलका गोल्ड कप प्रतियोगिताहरुलाई एनएसएल संग जुधाएर स्वीकृत दिनुले पनि एन्फा र यसका प्रतिनिधिज्यूहरु एनएसएलप्रति पुर्वाग्रहि हुनुहुन्छ भन्ने प्रस्ट देखिएको छ’, विज्ञप्तीमा अगाडि भनिएको छ ।
एनएसएलको सम्झौता स्वत नविकरण हुनुपर्ने र यसलाई एन्फाको क्यालेन्डरमा राख्दै अन्य प्रतियोगितासँग जुधाउन नहुने तर्क एनएसएल आयोजक र क्लबहरको शर्त राखेका छन् । विज्ञप्तीमा उल्लेख छ, ‘हाल कायम रहेको सम्झौता स्वत नविकरणिय सम्झौता हुने र आगामी दिनहरुमा यस प्रतियोगिता लाई वार्षिक क्यालेन्डरमा कुनै अन्य प्रतियोगिता सगँ नजुध्ने गरि पर्याप्त तयारी समेतको समय सिमा छुट्याएर भाद्र असोज महिना प्रतियोगिता संचालनको लागि एन्फाको वार्षिक क्यालेन्डरमा आवश्यक व्यवस्था गरिदिन हुन एन्फा समक्ष अनुरोध गरिएको छ।’
खेलाडीका विषयमा पनि एनएसएलका सहभागी र क्लबहरुले शर्त अघि सारेको छ । एन्फा पदाधिकारी र केन्द्रिय सदस्यहरुद्वारा प्रतिनिधित्व गर्ने केहि ए डिभिजन क्लबहरुबाट पनि खेलाडी सहज रुपमा उपलब्ध नहुँदा एनएसएल सञ्चालन र व्यवस्थापनमा सम्भव देखिएको छैन । त्यसका लागि आउँदा दिनमा सम्बोधन गर्न पनि उनीहरुले माग गरेका छन् ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]