default_image

3 years ago

March 24, 2022

विश्वकप छनोटः प्ले अफमा इटाली र नर्थ म्यासेडोनिया भिड्दै

118 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोट अन्तरगतको प्ले अफको सेमिफाइनलमा आज (बिहीबार) राति युरो २०२० को विजेता इटालीले नर्थ म्यासेडोनियासँग प्रतिस्पर्धा गर्दैछ ।

खेल इटालीको घरेलु मैदान पालेर्माेमा नेपाली समयअनुसार राति १ः३० बजे हुनेछ । युरो विजेता इटाली तुलनात्मक रुपमा कमजोर नर्थ म्यासेडोनियालाई हराउँदै विश्वकपमा छनोट हुने सम्भावना जीवितै राख्ने लक्ष्यमा हुनेछ । यस खेलमा सफलता हात पारेको प्ले अफको फाइनलमा पोर्चुगल र टर्कीबीचको विजेतासँग खेल्नुपर्ने हुन्छ ।

नर्थ म्यासेडोनियाविरुद्ध टोलीसँग जर्जियो चिलियानी, सिरो इम्मोविले, लोरेन्जो इन्सिग्ने, डोमिनिको बेरारडी, मार्काे भेराट्टी, जर्गिन्हो, निको बरेल्ला, इमर्सन रोयल, एलेसान्द्रो बास्टोनी, जियानलुका मान्सिनी, एलेसान्द्रो फ्लोरेन्जी र गोलरक्षक जियानलुइजी डोन्नररुम्मा रहेका छन् ।

यस्तै माटियो पोलिटानो, निकोलो जानिलो र जियानकोमो रास्पाडोरी पनि रहँदा चोटका कारण लियोनार्दाे बोनुची र जियोभानी डि लोरेन्जो टोलीमा हुनेछैनन् ।

यता, नर्थ म्यासेडोनिया पनि इटालीलाई स्तब्ध पार्दै विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ । टोलीसँग ट्राजकोभ्स्की, रिस्टोभ्स्की, चुर्लीमोभ, बार्दी, एडेमी, निकोलोभ, एलिओस्की, मुस्लिउ र डिमिट्रिस्भ्कीलगायतका खेलाडी रहेका छन् ।

यि दुई टोली सन् २०१७ पछि खेल्न लागेका हुन् । यि दुई टोलीले २०१८ को विश्वकपका लागि समूह चरणमा प्रतिस्पर्धा गरेका थिए । जसमा इटालीले एक खेल ३–२ ले जित्दा एक खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.