3 years ago
March 24, 2022
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले फ्रान्सेल विंगर ओसमान डेम्वेलेको क्लब छाडेको अवस्थामा उनको विकल्पमा ब्राजिलियन विंगर राफिन्हा ल्याउने तयारी गरिरहेका छन् ।
डेम्वेलेले बार्सिलोनामा रहने–नरहने केही टुंगा छैन । आउदो समरसँगै सम्झौता सकिन लागेका डेम्वेलेले अहिलेसम्म सम्झौता थप गरेका छैनन् । बार्सिलोनाले सम्झौता नविकरणको प्रयास गरेपनि डेम्वेलेले स्वीकार गरिरहेका छैनन् ।
डेम्वेलेले नयाँ सम्झौताका लागि अहिले पाइरहेको पारिश्रमिकभन्दा बढी माग गरिरहेका छन् । तर, बार्सिलोनाले डेम्वेलेले माग गरेजति रकम दिन तयार छैनन् । जसका कारण बार्सिलोना र डेम्वेलेबीच सहमति जुट्न सकेको छैन ।
सहमति जुट्न नसकेको अवस्थामा डेम्वेलेले क्लब छाड्ने सम्भावना रहेको छ । डेम्वेलेले बर्हिगमनसँगै बार्सिलोनाले उनको विकल्प खोजिरहेका छन् ।
बार्सिलोनाका अधिकारीहरुले डेम्वेलेको विकल्पमा प्रिमियर लिग क्लब लिड्स युनाइटेडबाट खेलिरहेका ब्राजिली विंगर राफिन्हासँग छलफल गरिरहेको बुझिएको छ । उनलाई ५ वर्षको लागि ३५ मिलियन पाउन्डमा अनुबन्ध गर्ने योजना बनाइरहेको बुझिएको छ ।
राफिन्हालाई भित्र्याउने दौडमा बार्सिलोनासँगै प्रिमियर लिग क्लब आर्सनल, चेल्सी र लिभरपुलले पनि योजना बुनिरहेका छन् ।
November 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]