default_image

3 years ago

March 23, 2022

निजगढ मेयर गोल्डकप फुटबल शनिबारदेखि

244 views

0 Bookmark

निजगढ (हाम्रो खेलकुद) – निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिता यसै साता सुरु हुने भएको छ । आयोजक निजगढ युवा क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी भएको जनाएको छ । निजगढ मेयर कपको चौथो संस्करण शनिबार सुरु हुनेछ ।

मधेशका विभिन्न ८ वटा क्लबहरुको सहभागिता रहनेछ । प्रतियोगिता चैत १९ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा आयोजक निजगढ सहित बकुलिया फुटबल क्लब बारा, ,बारा ११ , नव जनजागृति युवा क्लव बारा , वीरगंज युथ एकेडेमी , नेपाल खेलकुद क्लब रौतहट र हरिवन फुटबल क्लब सर्लाहीको सहभागिता रहनेछ ।

निजगढ नगरपालिका मुख्य सहयोगी रहेको प्रतियोगीताको विजेताले १ लाख ५० हजार र दोस्रो हुने टोलीले ७५ हजार रुपैंया प्राप्त गर्नेछ । प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैंया प्राप्त गर्नेछन् । प्रतियोगिताका विधागत रुपमा उत्कृष्ट गोलकिपर , डिफेन्स , मिडफिल्डर , स्ट्राइकर र उच्च गोलकर्ताले समान ५ हजार रुपैंया प्राप्त गर्नेछन् ।

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.