default_image

3 years ago

March 23, 2022

बागमती दमक गोल्डकपको क्वार्टरफाइनलमा

79 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद) – आयोजक दमक–११ लाई उद्घाटन खेलमा हराउँदै बागमती युथ क्लब सर्लाही दमक गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । आयोजकलाई १–० ले पराजित गर्दै बागमतीले अन्तिम आठको यात्रा तय गरेको थियो ।

दमक नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा गोल्डकप बुधबार सुरु भएको हो । बागमतीका लागि खेलको ८८ औँ मिनेटमा अनिल राना मगरले पेनाल्टीमार्फत गोल गरे । बागमतीका जोमाउलमाथि पेनाल्टी बक्समा फाउल गरेपछि बागमतीले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै बागमतीले पहिलो खेलमा विजयी सुरुवात गरेको हो ।

घरेलु दर्शको साथ पाएको दमकले पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, गोल निकाल्न नसक्दा दमक पराजित हुन पुग्यो । बागमतीका गोलरक्षक मनोज प्रधान म्यान अफ द म्याच बने । उनले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा ४ वटा विदेशी टोलीसहित १० टोलीको सहभागिता छ ।

प्रतियोगितामा बिहीबार दुर्गापुर सन्डे कोलाकाता र गोर्खा ब्याइज रुपन्देहीबीच प्रतिस्पर्धा हुने आयोजक दमक नगर खेलकुद समितिका अध्यक्ष भीमराज चम्लागाईंले जानकारी दिए । प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र दोस्रो हुने टोलीले ६ लाख ११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने खेल संयोजक मोहन मगरले जानकारी दिए ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवाड र प्रशिक्षकले समान २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । चैत १८ गते सम्म चल्ने प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य अर्जुन राईले गरेका थिए ।

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.