default_image

3 years ago

March 23, 2022

अग्रता जोगाउन नसक्दा बंगलादेशसँग नेपालको हार

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती अग्रता जोगाउन नसक्दा नेपालले भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिपमा बंगलादेशसँग हार बेहोरेको छ । राउन्ड रोविनको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको हो ।

भारतको जमसेदपुर स्थित जेआरडी टाटा कम्प्लेक्समा बुधबार भएको खेलको चौथो मिनेटमा अमिशा कार्कीले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाइन् । तर, त्यो अग्रतालाई नेपालले दोस्रो हाफमा जोगाउन सकेनन् ।

६८औं मिनेटमा सामसुननाहारले बंगलादेशका लागि बराबरी गोल फर्काइन् । ८४औं मिनेटमा साहादा अख्तर रिपाल गोल गर्दै बंगलादेशलाई २–१ को पूनरागमन जित दिलाइन् ।

यो जितसँगै बंगलादेश उपाधि होडमा रहँदा नेपाल भने अंकविहीन हुँदै च्याम्पियनसिपबाट घर फर्किएको छ । अब २५ मार्चमा डबल राउन्ड रोविनको अन्तिम खेल भारत र बंगलादेशबीचको खेलबाट नै उपाधिको छिनोफानो हुनेछ ।

अपराजित रहेको भारतको ३ खेलबाट ९ अंक छ । बंगलादेशको ३ खेलबाट ६ अंक छ । बंगलादेशलाई च्याम्पियन बन्न अन्तिम खेलमा कम्तीमा पनि २–० भन्दा बढीको जित निकाल्नुपर्ने हुन्छ । भारतलाई च्याम्पियन बन्न बराबरी नै पर्याप्त हुनेछ ।

यो हारसँगै नेपाल प्रतियोगितामा चार खेल खेल्दा अंक विहीन बन्न पुग्यो । नेपालले प्रतियोगितामा चार खेल खेल्दा १८ गोल बेहोर्दा ४ गोल मात्रै गर्न सफल भयो ।

नेपाल पहिलो खेलमा आयोजक भारतसाग ७–०, बंगलादेशसँग ४–२ र पुनः भारतसँग ५–१ ले पराजित भएको थियो ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।

January 5, 2025

एन्फा महिला लिगमा पुलिस र आर्मीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको विभागीय डर्बीमा आइतवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गोल रहित बराबरीमा रोकिएका छन् सातदोबाटोस्थित एन्फाको मैदानमा भएको खेलमा दुवै टोलीले बराबरीमा रोकिएका हुन् । पुलिसकी पुजा रानाले २३औं मिनेटमा गोल गरे पनि रेफ्रिले मान्यता दिएनन् । त्यसैमा विवाद भएपछि करिब २५ मिनेट खेल रोकिएको थियो […]

January 5, 2025

एन्फा महिला लिग – पुलिस र आर्मी भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज दुई विभागीय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेका दुवै टोली सोहि लयलाई निरन्तरता दिन चाहन्छन् । पहिलो चरणको लिगमा पुलिस र आर्मीले १-१ गोलको बराबरीमा […]

January 5, 2025

म्यानचेस्टर सिटीको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । सिटीलेघरेलु मैदानमा शनिवार ४-१ को सहज जित हासिल गरेको हो । सिटीको जितमा एर्लिङ हालाण्डले २ तथा फिल फोडेनले १ गोल गरे । अर्को आत्मघाती गोल भयो । वेस्ट ह्यामका निकलेस फोलकुर्कले १ गोल फर्काए । वेस्ट ह्यामका भ्लादिमिर क्याफलको आत्मघाती […]

Success

Thank you for your time.