default_image

3 years ago

March 23, 2022

टोखाका अफिसियलद्वारा रेफ्रीमाथि हातपात

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत बुधबार बाँसबारी क्लबसँग हार बेहोरेपछि श्री भगवती क्लब, टोखाका अफिसियलले खेलपछि रेफ्रीमाथि हातपात गरेका छन् ।

खेल दौरान रेफ्रीको निर्णयमा असन्तुष्टि व्यक्त गर्दै अफिसियलले खेल सकिएलगत्तै मैदान प्रवेश गरेर हातपात गरेका हुन् । तुरुन्तै मैदानमा सुरक्षा व्यवस्थाका लागि खटिएका सुरक्षा गार्ड र एन्फाका कर्मचारीले स्थिति साम्य पारेका थिए । लिगको शीर्ष स्थानमा उक्लने लक्ष्यसाथ उत्रिएको श्री भगवती टोखा खेलमा २-१ ले पराजित भएको थियो ।

विशेषगरी खेलको ८४ औं मिनेटमा रेफ्रीले दिएको पेनाल्टी र रातो कार्डको निर्णयदेखि नै टोखाका समर्थक थप आक्रोशित बनेका थिए । लिग दौरान दर्जनौं संख्यामा खेल हेर्न उपस्थित हुने गरेका टोखाका समर्थकले पनि रेफ्रीविरुद्ध नाराबाजी गरेका थिए । तर बेन्चमा रहेका दुई अफिसियलले भने खेलपछि रेफ्री र सहायक रेफ्रीमाथि नै हातपात गरे ।

बाँसबारीले खेलको ५१ औं मिनेटमा राजेश पौडेलको गोलमा अग्रता लिएको थियो । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गोल भएको थियो । श्री भगवतीका लागि दामोदर थापा क्षेत्रीले ६९ औं मिनेटमा बराबरी गोल फर्काए ।

खेलको ८२ औं मिनेटमा रेफ्री सुमन श्रेष्ठले बाँसबारीलाई पेनाल्टी दिएका थिए । पेनाल्टी क्षेत्रभित्र टोखाका सन्तोष केसीले फल गरेपछि बाँसबारीका लागि बिकु राईले पेनाल्टीमा गोल गर्दै २-१ को अग्रता दिलाएका थिए । लगत्तै ८४ औं मिनेटमा फल चलाउने क्रममा अनिश श्रेष्ठले रेफ्रीको निर्णयमा असहमति जनाए । रेफ्री सुमनले उनलाई पहेंलो कार्ड दिए । उक्त कार्ड दिएपछि अनिशले रेफ्रीमाथि हात हालेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए ।

अनिशले त्यसपछि पनि हात हालेपछि उनकै टोलीका खेलाडीले मैदानबाहिर लगेका थिए । त्यसपछि टोखाले केहि अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेन । खेल सकिएपछि रेफ्री सुमन, सहायक रेफ्री मधुसुदन आचार्य लगायतमाथि अफिसियलले आक्रमण गरेका थिए । अफिसियललाई मुख्य प्रशिक्षक शैलेश कर्माचार्य र अन्य केही खेलाडीले सहयोग गरेका थिए । तर केहि खेलाडी भने रेफ्रीमाथि नै खनिए ।

यस हारसँगै श्री भगवती अंक तालिकाको तेस्रो स्थानमा अड्किएको छ । सातौं चरणको समाप्तिमा चर्च ब्वाइज १४ अंकसहित शीर्षस्थान तथा नयाबस्ती १३ अंकसहित दोस्रो स्थानमा छ । श्री भगवतीको समान १३ अंक छ । सरस्वती १२ अंक र वीरगंज १० अंकसहित शीर्ष ५ मा छ ।

एन्फाका लिग निर्देशक संजिव मिश्र आफैं पनि मैदानभित्र पसेर स्थिति नियन्त्रणमा ल्याएका थिए । उनीमाथि पनि अफिसियल र खेलाडीले हातपातको प्रयास गरेका थिए । मिश्रले भिडियो फुटेज, रेफ्री रिपोर्ट र म्याच कमिस्नर रिपोर्ट हेरेपछि विहीबार कारवाहीको लागि अनुशासन समितिलाई सिफारिस गर्ने वा के गर्ने भन्ने निर्णय हुने जानकारी दिए । खेलमा गौरिमान राई म्याच कमिस्नर र शैलेश जोशी रेफ्री एसेसर रहेका थिए ।

यसरि रेफ्रीमाथि आक्रमण भएको यो पहिलो घटना भने होइन । २०७३ सालको बी डिभिजन लिग दौरान श्री कुमारी क्लबका अफिसियलले यस्तै प्रकृतिको आक्रमण गरेका थिए । त्यसबेला एन्फाले श्री कुमारी क्लबका तत्कालिन अध्यक्ष नकुल हमाल, टिम व्यवस्थापक अनुप अधिकारी लगायतका अफिसियल र क्लबलाई २ वर्ष प्रतिबन्ध लगाएको थियो ।

खेलको भिडियो र रेफ्रीमाथि आक्रमण यहाँ

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.