default_image

3 years ago

March 23, 2022

एनएसएल पूर्व निर्धारित मितिमै गर्न एन्फाको स्वीकृती

266 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) पूर्व निर्धारित मिति अनुसार नै हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार एनएसएलको आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट मेनेजमेन्ट (एनएसइएम) प्रालिका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्मालाई पत्र पठाउँदै आयोजनाको लागि अनुमति प्रदान गरेको जानकारी गराएको छ ।

एनएसएलको दोस्रो संस्करण चैत २५ देखि जेठ १ गते सम्म आयोजना गर्न अनुमति माग बमोजिम सोहि दिनमा सञ्चालन गर्न स्वीकृति दिएको एन्फाले पत्रमा लेखेको छ । एनएसएलका कारण उत्पन्न विवाद समाधानका लागि एन्फाले अध्यक्ष कर्मा छिरिङ शेर्पाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको थियो । एनएसएलका कारण फुटबलमा अन्यौलता बढेको भन्दै विरोधमा रहेका ए डिभिजनका ४ क्लबका प्रतिनिधि र एनएसएल आयोजकसँग बुधबार कार्यदलले अलग अलग छलफल गरेको थियो ।

एन्फाले आवश्यक छलफल गर्नुपर्ने भन्दै आइतबारका लागि एनएसइएमले तय गरेको टाइसिट ड्र रोक्न भनेको थियो । त्यसअघि फागुन २० गतेका लागि तय भएको खेलाडी अक्सन भने एनएसइएमले रोकेको थिएन । अक्सनमा रहेका कतिपय खेलाडीको ए डिभिजन क्लबमा आबद्ध रहेकोले दोहोरो सम्झौताले कठिनाई हुने भन्दै न्युरोड टिम (एनआरटी), मनाङ मस्याङ्दी क्लब, थ्री स्टार क्लब र संकटा क्लबले विरोध जनाउँदै आएको थियो ।

यसपटकको एनएसएल आयोजना पछि अहिलेको सम्झौता स्वत खारेज हुने निर्णय भएको कार्यदलका सदस्य समेत रहेका एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले जानकारी दिए । ‘यसपटक एनएसएल आयोजना भएपछि अहिले सम्झौता स्वतः खारेज हुनेछ, उनले भने,‘त्यसपछि एन्फाको नयाँ निर्वाचित हुने कार्यसमितिले फुटबलका सबैपक्षसँग छलफल गरेर नयाँ सम्झौता गर्नेछ ।’

कार्यदलले बुधबार साँझ नै असन्तुष्ट क्लबका पदाधिकारीसँग छलफल गर्ने तयारी भइरहेको पनि सिंहले जानकारी दिए । उनले ‘एनएसएलका सम्बन्धमा क्लबहरुले उठाएको विषय छलफल गरेर एउटा निष्कर्षमा पुग्ने गरि छलफल गर्नेछौं ।’ एनएसइएमका प्रमुख कार्यकारी अधिकृत शर्माले अक्सनमार्फत विक्री भएका खेलाडीका विषयमा फेन्चाइज टोलीले सम्बन्धित ए डिभिजन क्लबसँग आपसी सहमतिमा टुंगाउनुपर्ने बताएका छन् ।

यसपटक एनएसएलमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । यसै वर्ष वैशाख÷ जेठमा भएको एनएसएलको पहिलो संस्करणमा ७ टोलीको सहभागिता थियो । पहिलो संस्करण काठमाडौं रेन्जर्सले जितेको थियो । १० टोलीले नै मार्की खेलाडीसँगै मुख्य प्रशिक्षक यसअघि नै घोषणा गरिसकेका छन् ।

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले  […]

March 26, 2025

एन्फाको बजेट १ अर्ब ५६ करोड!

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]

Success

Thank you for your time.