default_image

3 years ago

March 23, 2022

राष्ट्रिय लिगमार्फत साबित्रा पूनरागमन गर्दै

296 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी १३ महिनापछि फुटबलमा पूनरागमन गर्दैछिन् । गत वर्ष राष्ट्रिय महिला लिग खेल्ने क्रममा घुँडामा गम्भिर चोट लागेपछि सावित्राको घुँडाको शल्यक्रिया भएको थियो ।

शल्यक्रियापछिको रिह्याब सकेर सावित्रा झण्डै डेढ महिना अघि स्वदेश फर्केकी थिइन् । त्यसयता उनी लगातार एपिएफको प्रशिक्षणमा सामेल भइरहेकी छिन् । चितवनमा बिहीबार सुरु हुने राष्ट्रिय लिगमार्फतनै सावित्राले पूनरागमन गर्न लागेकी हुन् । एपिएफ र त्रिभुवन आर्मी क्लबबीच उद्घाटन खेल हुँदैछ । एपिएफका प्रशिक्षक जनक सिंहले सावित्राले पूनरागमन गर्ने निश्चत रहेको बताए ।

‘सावित्राले भोलीको खेल खेल्निछन् । सुरुमा खेलाउँछौं वा पछि त्यो खेलको अवस्था हेरेर गर्छौ,’ उनले भने,‘ खेल्ने भने निश्चित छ ।’ सिंहका अनुसार सावित्राको प्रशिक्षणलाई हेर्दा उनी पूर्ण रुपमा फिट र पुरा ९० मिनेट नै खेल्न सक्ने देखिएपछि कतारका फिजियोथेरापिष्ट र टोलीको फिजियोथेराष्टिको सुझाव अनुसार विस्तारै खेल्ने समय बढाउनँदै लाने बताएका छन् ।

‘पहिलो, दोस्रो वा त्यसपछि कति समय खेलाउने भन्ने हामीलाई तालिका नै उपलब्ध गराइएको छ,’ उनले भने,‘त्यसकै आधारमा यहाँ टोलीको फिजियोथेरापिष्टले दिने सल्लाहका आधारमा हामी सावित्रालाई खेलाउँछौं ।’ ७ महिना लामो उपचारपछि सावित्रा माघ २५ गते स्वदेश फर्केकी थिइन् । उपचारका लागि उनी असार १२ गते कतार गएकी थिइन् । सावित्राको असार ३१ गते कतारको दोहामा रहेको अस्पेटार अस्पतालमा दायाँ घुँडाको शल्यक्रिया भएको थियो ।

राष्ट्रिय लिग खेल्ने क्रममा गत वर्ष फागुन ३ गते उनको घुँडामा चोट लागेको थियो । झन्डै ८ वर्षे खेल जीवनमा सावित्राले पहिलो पटक गम्भिर खालको चोटबाट गुज्रनु परेको थियो । सावित्राको नाममा राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोलको कीर्तिमान छ । सावित्रा नेपालको मात्र नभई दक्षिण एसियाकै उत्कृष्ट फरवार्डमा परिचित छिन् ।

नेपाली फुटबलमा एपिएफले वर्चस्व जमाउँदा उनले इन्डियन लिग (आई लिग) दुई फरक क्लबबाट खेलेकी छिन् । दुवैपटक उनी खेलेको टोली आइ लिग च्याम्पियन बनेको थियो । गत वर्ष गोकुलमलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनी आइ लिगको सर्वाधिक गोलकर्ता पनि बनेकी थिइन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा सावित्रा दशककी उत्कृष्ट महिला खेलाडी अवार्डबाट सम्मानित भएकी थिइन् । अवार्ड सकिएलगत्तै उनी टोलीमा सामेल हुन चितवन गएकी थिइन् । एक वर्ष भन्दा लामो समयपछि मैदानमा फर्कन लाग्दा उत्साहसँगै डर र दबाब पनि रहेको सावित्राले बताइन् ।

‘गम्भिर चोटपछि मनोबल कहिल कमजोर हुने रहेछ । पहिला जस्तो खेल्न सक्छु कि सक्दिन भन्ने दबाब पनि छ, उनले भनिन्,‘ अलि अलि दुखाई अझै छ । पुरानै लयमा फर्कनेका लागि मनोबल उच्च बनाउन जरुरी छ । त्यहि योजनाका साथ खेल्नेछु ।’ कतारका अस्पेटारका फिजियोले आफूलाई पहिलो खेलमा ३०, दोस्रो खेलमा ४५, तेस्रोमा ६० र चौथोबाट पूरा समय खेल्न मिल्ने सल्लाह दिएको सात्रिाले जानकारी दिइन् ।

May 1, 2025

टुसालसँग सरस्वतीको हार

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लब जित हात पारेको छ। आज बाँसबारी क्लब विरुद्ध १-० को संघर्षपूर्ण जित निकाल्दै टुसाल लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । ६७ औं मिनेटमा बिक्की राईले टुसाललाई अग्रता दिलाए। कोमल बहादुर खवासको कर्नरमा […]

May 1, 2025

एपिएफ बागमती मुख्य मन्त्री कपको फाइनलमा

बट्टार/नुवाकोट (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको फाइनलमा प्रवेश गरेको छ। आज नुवाकोटको बट्टारमा भएको दोस्रो सेमिफाइनल खेलमा रौतहट जिल्ला फुटबल संघलाई ५-० को हार चखाउँदै फाइनलमा पुगेको हो। एपिएफले अब नेपाल पुलिस क्लबसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। एपिएफ र पुलिसले बैशाख १२ गते लुम्बिनी कप फुटबलको फाइनल खेलेका […]

May 1, 2025

आरसिटी विजयी, १२ औं स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा लिगको पुछारमा रहेको रानी पोखरी कर्नर टिम (आरसिटी) सँग सरस्वती युथ क्लब ४-३ गोल अन्तरले पराजित भएको छ। यो जितमा आरसीटी लिगको १२ औं स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३६ औं मिनेटमा विशेष लामाको गोलमा सरस्वतीले अग्रता बनायो। तर यसको तीन मिनेटपछि नै आरसिटीले खेललाई […]

Success

Thank you for your time.