default_image

3 years ago

March 23, 2022

फिफा विश्वकपको ‘ड्र’ अर्काे साता हुने

147 views

0 Bookmark

एजेन्सी – यसैवर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को ‘ड्र’ अर्काे साता हुने भएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले मंगलबार १ अप्रिलमा विश्वकपको ‘ड्र’ निकाल्ने घोषणा गरेको हो ।

विश्वकप खेल्ने ३२ टोलीमध्ये २८ टोलीलाई चारमध्ये एक पटमा राखिनेछ । कतार आयोजक राष्ट्रका रुपमा शीर्ष वरियताका सातौसम्मको टोली रहने पट १ मा हुनेछ । आठौं देखि १५औं वरीयतासम्मका टोलीहरु पट २ मा हुनेछ ।

१६औं देखि २३औं वरीयतासम्म टोली पट ३ मा तथा २४ देखि २८ सम्मका टोली पट चारमा हुनेछ । यो पटमा अन्तरमहादेशीय छनोट र युइएफएका प्लेअफका टोलीहरु रहनेछन् ।

अन्तर महादेशीय छनोटका खेलहरु जुन १३ र १४ मा कतारमा हुनेछ । जसमा अफ्रिका र कन्मेवल, ओएफसी र कोन्काफसँग प्रतिस्पर्धा गर्नेछ । एकै कन्फेडेरेसनका टोलीलाई विभिन्न समूहमा विभाजन गरिनेछ । युइएफएका अपवादबाहेक त्यहाँ १३ टोली हुनेछन् । नतिजाको रुपमा आठ समूहमध्ये पाँचमा दुई युरोपेली टोली हुनेछन् । फिफाले प्लेअफबाट छनोट हुने टोलीलाई उनीहरुको एकै कन्फेडेरेसनका टोलीबाट अलग रहने स्पष्ट पारेको छ ।

कतार विश्वकपको लागि हालसम्म आयोजक कतारसहित १५ राष्ट्र छनोट भइसकेका छन् । छनोट हुनेमा कतार, जर्मनी, डेनमार्क, ब्राजिल, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्विया, इंग्ल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स, अर्जेन्टिना, इरान र दक्षिण कोरिया रहेका छन् ।

विश्वकपमा अफ्रिकाबाट ५, एसियाबाट ४ र (प्लेअफबाट १ प्लस), युरोपटबा १३, कोन्काफबाट ३ (प्लेअफबाट १ प्लस), ओसियानाबाट (प्लेअफबाट १ प्लस ) र कन्मेवलबाट ४ (प्लेअफबाट १ प्लस) छनोट हुने प्रावधान रहेको छ ।

यसपटकको विशवकप २१ नोभेम्वर २०२२ बाट शुरु भएर १८ डिसेम्वर २०२२ सम्म चल्नेछ । विश्वकपको इतिहासमै पहिलोपटक विश्वकपका खेलहरु समरमा नभई विन्टरमा हुन लागेको हो ।

November 1, 2024

थ्री नेसन्स कप फुटबल – नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

Success

Thank you for your time.