3 years ago
March 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत दशककै उत्कृष्ट महिला खेलाडी घोषित भएकी छिन् ।
सन् २०१४ यता राष्ट्रिय टोलीमा डेब्यु गर्दै निरन्तर खेल्दै आइरहेकी सावित्राले घरेलु फुटबलमा पनि दबदबा कायम गर्दै आएकी छिन् । नेपालले हासिल गरेका अन्तर्राष्ट्रिय सफलतामा निर्णायक भूमिका खेल्दै आएकी सावित्राले भारतीय लिगमा पनि प्रभावव जमाइसकेकी छिन् । २५ वर्षीय उनले यसअघि सन् २०१९ को स्पोर्ट्स अवार्डमा उत्कृष्ट महिला खेलाडी अवार्ड समेत जितेकी थिइन् ।
राष्ट्रिय टोलीका लागि ३८ गोल गर्दै सर्वाधिक गोलकर्ता रहेकी सावित्राले दुई पटक साफ च्याम्पियनसिपमा उपविजेता बनेकी छिन् । त्यस्तै उनी सम्मिलित राष्ट्रिय टोलीले १२ औं र १३ दक्षिण एसियाली खेलकुदमा रजत पदक हासिल गरेको थियो । एपिएफले घरेलु फुटबलमा लगातार उपाधि जित्दा उनी नै अधिकांश प्रतियोगिताको सर्वाधिक गोलकर्ता रहँदै आएकी छिन् ।
भारतको शीर्ष डिभिजन लिग, भारतीय महिला लिगमा पनि सावित्राले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले कोरोना महामारीअघि सन् २०१९ मा सेथु एफसीका लागि खेल्दै उपाधि दिलाएकी थिइन् । त्यसपछिको सिजन उनले गोकुलम केरलाको लागि उपाधि जितिन् ।
February 11, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]
February 11, 2025
सुमन अधिकारी, बुटवल सम्पूर्ण युवा क्लब सुपौली बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। फसार्टिकर युवा क्लबलाई मंगलवार १-० ले पराजित गर्दै सम्पूर्ण अन्तिम आठमा पुगेको हो । सिद्घेश्वर खेल मैदानमा भएको खेलको दोस्रो हाफको १० औं मिनेटमा रोहन केसीले गरेको गोल नै सम्पूर्णका लागि निर्णायक बन्न पुग्यो । फर्साटिकरका धेरै […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको जनसेवा सेकेण्डरी स्कुल र सल्लाघारी सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। जनसेवाले डिएभी स्कुल जावलाखेललाई ३-१ ले पराजित गरेको हो । जनसेवाका मिलन सहकारी, अर्जुन धामी र केभिन दुलालले समान १ गोल गरे । डिएभीका हिमालयजंग बस्नेतले १ गोल गरे । […]