default_image

8 years ago

December 3, 2016

म्यानचेस्टर सिटीमाथि चेल्सीको सानदार जित

63 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – एन्टेनियो कोन्टेको टोली चेल्सीले इङ्लिस प्रिमियर लिगमा ४ अंकको स्पष्ट अग्रता लिएको छ । १–० ले पछि परेको खेलको दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्ने क्रममा म्यानचेस्टर सिटीमाथि ३–१ को जित हासिल गर्दै चेल्सी प्रिमियर लिगको अंक तालिकामा थप मजबुद बनेको थियो ।

cle

इत्तेहाद रंगशालामा आफ्नै गल्तिमा खेलमा पछि परेको चेल्सीका लागि डिएगो कोस्टाले बराबरी र त्यसपछि विलियन र इडेन हार्जाडले गोल गरेपछि चेल्सीले सफलता हात पारेको हो । पहिलो हाफमा गेरी कालिको अप्रत्यासित आत्मघाती गोलबाट सिटीले अग्रता लिएको थियो ।
घरेलु मैदानमा सिटीले ९ खेलाडीमा समिति हुँदै खेल अत्य गरेको थियो । अन्तिम मिनेटमा सर्जियो अगुइरो र फर्नान्डिन्होले रातो कार्ड दर्सन गर्दै मैदान छोडेपछि सिटी ९ खेलाडीमा सिमित भएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा काहिलले आत्मघाती गोल गरेका थिए । कोस्टाले ६० मिनेटमा बारबरी गोल गरे भने त्यसको १० मिनेटमा विलियनले गोल गरे । हर्जाडले अन्तिम मिनेटमा गोल गरेका थिए । १४ खेलपछि चेल्सीको ३४ अंक पुगेको छ । दोस्रो स्थानकाको लिभरपुल र सिटीको समान ३० अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ ।

November 15, 2024

इङ्ग्ल्यान्ड र नर्वेको जित

एजेन्सी – इंग्ल्यान्ड र आयरल्याण्डले नेसन्स लिगमा बिहीवार विजयी छन् । लिग बी समूह २ को खेलमा इंग्ल्यान्डले ग्रिसलाई ३-० ले हरायो । ओली वाट्किन्सले सातौं मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाए। ७७ औं मिनेटमा ग्रिसका गोलकिपर ओडेसेस भ्लाचोडिमोसको आत्मघाती गोलमा इङ्ग्ल्यान्डको अग्रता दोब्बर भयो। कर्टस जोन्सले ८३ औं मिनेटमा गोल गरेपछि इङ्ग्ल्यान्डको जित सहज […]

November 15, 2024

ब्राजिल बराबरीमा रोकियो

एजेन्सी – फिफा विश्व कप २०२६ को दक्षिण अमेरिका छनोट खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । ब्राजिल भेनेजुएलासँग शुक्रवार १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा भेनेजुयलाको लागि तेलास्को सेगोभिया र ब्राजिलका लागि राफिन्हाले गोल गरेका थिए । खेलको ४३औं मिनेटमा राफिन्हाले फ्रिकिकबाट गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । सेगोभियाले […]

November 15, 2024

विश्व विजेता अर्जेन्टिनाको हार

एजेन्सी – विश्व विजेता अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा शुक्रवार पराजित भएको छ।पाराग्वे अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको हो। लउतारो मार्टिनेजले ११ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । तर टोलीले त्यसलाई जोगाउन सकेन । पाराग्वेका लागि१९ औं मिनेटमा एनटोनिओ सानाब्रिआले बराबरी गोल गरे। पाराग्वेका ओमनर एलडेरेटले दोस्रो हाफको दोस्रो मिनेटमा गोल नै […]

Success

Thank you for your time.