3 years ago
March 22, 2022
एजेन्सी – यसैवर्ष कतारमा हुने फिफा विश्वकप २०२२ को प्लेअफ खेलअघि पोर्चुगललाई ठुलो झट्का लागेको छ । पहिलो रोजाईको सेन्टर ब्याक रुवेन डियासलाई यसअघि नि गुमाइसकेको पोर्चुगलले अर्का भेट्रान डिफेन्डर पेपेलाई समेत गुमााउन पुगेको छ ।
दुई मुख्य डिफेन्डर नै टोलीमा नरहेपछि क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहने पोर्चुगललाई टर्कीविरुद्धको प्ले अफमा जित हात पार्न सहज हुनेछैन । यसले विश्वकपमा स्थान बनाउनेमा आशावादी रहेको फर्नान्डो सान्तोषको पोर्चुगललाई ठुलो धक्का लागेको छ ।
टोलीमा रहेका पेपेलाई अन्तर्राष्ट्रिय विश्रामको सुरुमै कोरोना पुष्टि भएपछि उनी टोलीब्बाट बाहिरिएका हुन् । कोरोना पुष्टि भएका पेपे अब क्वारेन्टिनमा रहनेछन् । उनको विकल्पमा प्रशिक्षक सान्तोषले यु–२१ टोलीमा रहेका लिलका डिफेन्डर टियागो जालोलाई टोलीमा समेटेका छन् ।
रोनाल्डो आफ्नो राष्ट्रको लागि सबैभन्दा ठुलो चरणमा विजय हासिल गर्न नसकेपछि प्लअफको बाटो कुर्नुपरेको थियो । विश्पकप छनोटको समूहमा सर्वियासँग पछि परेपछि पोर्चुगलले प्ले अफ खेल्नुपरेको हो । टर्कीलाई हराउन सके पोर्चुगलले त्यसपछि युरो २०२० को विजेता इटाली वा उत्तरी म्यासेडोनियासँग खेल्नुपर्ने हुनछ । टर्कीसँगको खेल २४ मार्चको राति हुनेछ ।
November 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]