default_image

3 years ago

March 21, 2022

भारतसँग नेपालको फराकिलो हार

239 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । नेपालले घरेलु टोली भारतसँग ५–१ को फराकिलो हार बेहोरेको हो ।

यसअघि राउन्ड रोविन लिगको पहिलो खेलमा नेपालले भारतसँग ७–० को फराकिलो हार बेहोको थियो । भारतको जमसेदपुर स्थित जेआरडी टाटा कम्प्लेक्समा सोमबार भएको खेलमा भारतको फराकिलो जितमा लेन्डा कोम सेर्टाेले ह्याट्रिक पुरा गर्दा सिल्की देवी हेमाम र अनिता कुमारीले समान एका गोल गरिन् । नेपालकी सन्दिपा भोलानले एक गोल फर्काइन् ।

खेलको सुरुवातदेखि नै वर्चस्व कायम राखेको घरेलु टोली भारतले खेलको १६औं मिनेटमा सिल्की देवी हेमामको गोलबाट भारतले सुरुवाती अग्रता लिएको थियो । २३औं मिनेटमा लेन्डा कोम सेर्टाेले गोल गर्दै भारतको अग्रता दोब्बर पारिन् । ३८औं मिनेटमा लेन्डा कोम सेर्टाेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि भारत पहिलो हाफमा ३–० ले अघि बढ्यो ।

५६औं मिनेटमा अनिता कुमारीले गोल गर्दै भारतलाई ४–० ले अघि बढाइन् । ६१औं मिनेटमा लेन्डा कोम सेर्टाेले ह्याट्रिक पुरा गरेपछि भारत ५–० ले अघि बढ्यो । ७९औं मिनेटमा सन्दिपा भोलानले गोल गर्दै खेललाई ५–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा भारतले लगातार तेस्रो जित तथा नेपालले तेस्रो हार बेहोर्न पुग्यो । परिवर्तित गोलरक्षकको गल्तीमा नेपालले गोल गर्न सफल भएको थियो ।

लगातार तेस्रो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना सकिएको छ । नेपालमाथिको जितसँगै भारतको च्याम्पियन बन्ने सम्भावना बलियो बनेको छ । भारतले तीन खेलबाट ९ अंक जोडेको छ । अब भारतले आफ्नो अन्तिम खेलमा बंगलादेशलाई बराबरीमा रोकेपनि च्याम्पियन बन्ने छ । नेपालले अंकको खाता खोल्न सकेको छैन ।

बंगलादेशको २ खेलबाट ३ अंक छ । बंगलादेशलाई च्याम्पियन बन्न नेपाललाई हराउँदै अन्तिमा खेलमा भारतलाई पनि फराकिलो अन्तरले हराउनु पर्ने हुन्छ । पहिलो राउन्डमा भारत १–० ले विजयी भएको थियो । नेपालले राउन्ड रोविनको अन्तिम खेलमा २३ मार्चमा बंगलादेशसँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ । शीर्ष टोलीले उपाधि जित्नेछ ।

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.