default_image

2 years ago

March 21, 2022

फुटबल टोली थाइल्यान्ड प्रस्थान

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय पुरुष फुटबल टोली सोमबार थाइल्यान्ड प्रस्थान गरेका छन् । नेपाली टोली सोमबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीलाई आइतबारै बिदाई गरेको थियो । नेपाल र थाइल्यान्डको राष्ट्रिय टोलीबीच चैत १० गते मैत्रीपूर्ण खेल हुनेछ । त्यस्तै चैत १३ गते राष्ट्रिय टोली र थाइल्यान्डको चोनबुरी एफसीसँग प्रतिस्पर्धा हुनेछ । दुवै खेल थाइल्यान्डको चोनबुरीमा हुनेछ ।

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले थप तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यसअघि नेपालले माघ १५ गते र माघ १८ गते अफ्रिकी राष्ट्र मौरिसससँग खुई मैत्रीपूर्ण खेल खेलेको दुवै खेलमा नेपालले समान १–० को जित निकालेको थियो ।

व्यवसायिक फुटबल खेल्नका राष्ट्रिय टोलीका कप्तान समेत रहेका किरण चेम्जोङ माल्दिभ्स र रोहित चन्द इन्डोनेसियामा छन् । उनीहरु त्यहिबाट थाइल्यान्ड जाने बताइएको छ । २५ सदस्य भित्र रहेको जगजित श्रेष्ठ भने अष्ट्रेलिया पुगेका छन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी कप खेल्ने मछिन्द्र फुटबल क्लब तथा राष्ट्रिय टोलीकै ८ महत्वपूर्ण सदस्यलाई टोलीमा समेटेका छैनन् । मछिन्द्रले २२ चैतमा घरेलु मैदानमा श्रीलंको टोलीसँग खेल्दैछ ।

नेपाली टोली

किरण चेम्जोङ (गोलकिपर), टिकेन्द्र थापा (गोलकिपर), दीप कार्की (गोलकिपर), आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दीनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीपक गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द

अफियिसल इन्द्रमान तुलाधर (हेड अफ डेलिगेट्स), विजय घले (टिम अफिसियल), पुर्णमान चित्रकार (टिम अफिसियल), अब्दुल्लाह अलमुताइरी (मुख्य प्रशिक्षक) किरण श्रेष्ठ (सहायक प्रशिक्षक), बिकास मल्ल (गोलकिपिङ प्रशिक्षक) कृष्णभक्त मानन्धर (टिम कोर्डिनेटर), मधुसुदन उपाध्यय (टिम म्यानेजर) आविष्कार पुडासैनी (फिजियो थेरापिस्ट), विवेक सुवेदी (मिडिया अफिसर), विकास गुरुङ (किट म्यानेजर)

July 1, 2024

एन्फा यु-१८ लिग असार अन्तिमबाट

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यू–१८ युवा लिग असार अन्तिमदेखि सुरु हुने भएको छ । एन्फाले सोमबार सामाजिक संजालको माध्यमबाट यु-१८ लिग असार ३० (जुलाई १४) बाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुने घोषणा गरेको हो । युवा लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय क्लबहरुसँगको पटक–पटक छलफलपछि भएको एन्फाले जनाएको छ । एन्फाले प्रतियोगिताको सहभागिता, मिति […]

July 1, 2024

स्पेन फराकिलो जितसँगै क्वाटरफाइनलमा

एजेन्सी – जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि […]

July 1, 2024

स्लोभाकियामाथि पुनरागमन जित दर्ता गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी – उपाधि दावेदार इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको प्रिक्वाटरफाइनल खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इभान स्क्रान्जले २५औं मिनेटमा स्लोभाकियाका लागि सुरुवाती गोल गरेका थिए । डेविड स्ट्रेलेकको सुन्दर थ्रु-पासलाई नियन्त्रणमा लिँदै स्क्रान्जले प्रतियोगिताको […]

Success

Thank you for your time.