default_image

3 years ago

March 20, 2022

मेस्सी र रामोसबिनाको एल क्लासिको

187 views

0 Bookmark

एजेन्सी – लामो समयपछि एल क्लासिको इस्टाडो सान्टियागो बर्नाबउमा फर्कंदै छ । तर यसपटक पछिल्लो डेढ दशकको भन्दा फरक दृश्य देखिने छ ।

यसपटक सर्जियो रामोस र लिओनल मेस्सी एल क्लासिकोमा हुने छैनन् । रियल म्याड्रिडबाट रामोस र बार्सिलोनाबाट मेस्सीले खेल्दा आ-आफ्नो टोलीबाट प्रभावशाली प्रदर्शन गर्थे । अहिले भने रामोस र मेस्सी दुवै पेरिस सेन्ट जर्मेन (पिएसजी) को टोलीका सहकर्मी छन् ।

मेस्सी र रामोस दुवैले नचाहँदा नचाहँदै क्लब छाड्न परेको थियो । दुवैले क्लब छाड्दा निकै भावुक भएका थिए । रामोसले लामो सम्झौता चाहेका थिए भने मेस्सीले क्लबको कमजोर आर्थिक अवस्थाका कारण छाड्न परेको थियो । अब रामोस फेरि रियल फर्कने सम्भावना भने लगभग असम्भव छ । मेस्सी भने बार्सिलोना फर्कन सक्ने सम्भावना यथावत रहेको विश्वास गरिन्छ ।

पछिल्लो ८ महिना भने मेस्सी र रामोस दुवैले उच्च प्रदर्शन गर्न सकिरहेका छैनन् । चोटका कारण रामोस लामो समय मैदान बाहिर नै रहे । रामोसले भन्दा मेस्सीले बढी खेल खेलेपछि प्रदर्शन भने सोचे जस्तो गर्न सकिरहेका छैनन् ।

रामोस एक वर्षभन्दा लामो समयदेखि चोटका कारण संघर्ष गरिरहेका छन् । बीचमा ५ खेल लगातार खेल्दा भने उनी पुरानै फर्ममा रहेको संकेत गरेका छन् । च्याम्पियन्स लिगको अन्तिम १६ मा रियलविरुद्ध उनले खेल्ने अपेक्षा गरिएपनि अन्ततः उनी खेलेनन् ।

फ्रान्सको माहोलमा मेस्सी पनि अझे घुलमिल हुन सकेका छैनन् । बार्सिलोनामा प्रदर्शन गरे जस्तो मेस्सीले पिएसजीमा खेल्न सकेका छैनन् ।

फर्कन असम्भव

कतिपयले रामोस र मेस्सी आफ्ना पुरानै क्लबमा फर्कने चर्चा पनि गर्ने गरेका छन् । स्पेनका दुई मुख्य शहर देखि भौगोलिक रुपमा फ्रान्सको राजधानीसँग नजिक छ । तर उनीहरु फर्कने विषय भने निकै टाढा रहेको बताइएको छ ।

पिएसजीले आफ्नो दुई स्टारलाई फर्काउन पनि चाहदैन । पिएसजीले यी दुई खेलाडीलाई महत्वका साथ सार्वजनिक गरेको थियो । अझै पनि क्लबले उनीहरु दुवैलाई राख्न चाहन्छ । रामोस र मेस्सी नहुँदा विगतमा जस्तो एल क्लासिको भने रहने छैन ।

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.